काठमाडौँ /६ फागुन-मध्यपश्चिम विश्वविद्यालय तथा सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त प्रक्रिया स्थगन गरिएको छ । रिक्त हुने उपकुलपति पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समिति स्थगन गर्ने निर्णय गरेको हो ।
सिफारिस समितिको आज बसेको बैठकले हाललाई दरखास्त सम्बन्धी सम्पूर्ण प्रक्रिया स्थगन गर्ने निर्णय गरेको जनाएको छ ।
मध्यपश्चिम विश्वविद्यालय तथा सुदूरपश्चिम विश्वविद्यालयको रिक्त हुने उपकुलपति पदमा नियुक्तिका लागि माघ २५ को दरखास्त आव्हान गरिएको थियो ।