काठमाडौं/२३ माघ – त्रिभुवन विश्वविद्यालय, शिक्षा शास्त्र संकाय डीनको कार्यालयले दर्शनाचार्य (एम.फिल)मा भर्नाका लागि सूचित गरेको छ । त्रिभुवन विश्वविद्यालय, शिक्षा शास्त्र संकाय, ग्राजुएट स्कूल अफ एजुकेसनबाट सञ्चालन हुने दर्शनाचार्य एकीकृत विद्यावारिधि कार्यक्रम अन्तर्गत दर्शनाचार्य (एम. फिल) कार्यक्रममा शैक्षिक वर्ष २०८०/२०८१ का लागि सूचित गरेको हो ।
भर्ना कार्यक्रम २०८० फागुन ०१ गतेदेखि २०८० चैत ०५ गतेसम्म हुने जानाएको छ । यसको विस्तृत जानकारी ग्राजुएट स्कूलको वेबसाइट www.gsetu.edu.np मा हृेर्न सकिन्छ ।



