काठमाडौं/२३ माघ – प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिभिइटी) परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा/प्रमाणपत्र र प्रि– डिप्लोमा तहको नियमित/आंशिक परीक्षाको परीक्षा केन्द्र कायम गरेको छ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् अन्तर्गत परिषद्का आङ्गिक, साझेदारी, सामुदायिक विद्यालय र निजी स्तरमा सञ्चालित शिक्षालयहरूमा डिप्लोमा/प्रमाणपत्र तहको सेमेस्टर परीक्षा प्रणाली अनुसार मंसिर १८ गते प्रकाशित परीक्षा आवेदन फाराम भर्ने सूचना अनुसार सम्पूर्ण कार्यक्रमहरूको दोस्रो वर्ष दोस्रो खण्ड र तेस्रो वर्ष दोस्रो खण्डको नियमित/आशिक परीक्षाका लागि केन्द्र कायम गरिएको हो ।
साथै प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रम (दलित, मुस्लिम तथा लोपोन्मुख जाति) समेतमा आवेदन फाराम भरेका परीक्षार्थीहरूको पुस २५ गते प्रकाशित परीक्षा तालिका अनुसार र साउन ९ गते प्रकाशित प्रि–डिप्लोमा तह (अप्रेन्टिसिप) कार्यक्रम नियमित तर्फको परीक्षा आवेदन फाराम भर्ने बारेको सूचना बमोजिम आवेदन फाराम भरेका परीक्षार्थीहरूको पुस २९ गते प्रकाशित परीक्षा तालिका अनुसार माघ २९ गते बिहान ७ः०० बजेदेखि सञ्चालन हुने जनाएको छ ।



