गर्मी बढेपछि विद्यालय बन्द गर्ने निर्णय

झापा/१८ जेठ–अत्यधिक गर्मी बढेपछि तराईका स्थानीय तहहरुले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । गर्मीका कारण विद्यार्थी बढि प्रभावित हुन थालेपछि विद्यालयहरु बन्द गर्ने निर्णय गरेका हुन् ।


केही दिनदेखि बढ्दो अत्यधिक गर्मीका कारण विद्यालयमा पठनपाठन लगायतका गतिविधि गर्न कठिन भएकोले र विद्यार्थीहरुको स्वस्थ्यमा प्रतिकुल असर पर्ने सम्भावनालाई मध्यनजर गर्दै शिक्षा समितिको निर्णय अनुसार विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।


मोरङको विराटनगर महानगरपालिका, झापाको दमक नगरपालिका र बिर्तामोड नगर पालिकाले अत्यधिक गर्मी बढेपछि पालिका भित्रका सबै विद्यालयलाई विदा दिने निर्णय गरेका छन् ।


सबै पालिकाले शैक्षिक सत्र २०८० को हिउँदे वा वर्षे विदाबाट कट्टा हुनेगरी विदा दिइएको जनाएका छन् । विराटनगर महानगरपालिका, दमक नगरपालिकाले जेठ १८,१९ गते र दमक नगरपालिका र बिर्तामोड नगर पालिकाले १९ गतेदेखि २१ गतेसम्म विदा दिने निर्णय गरेका छन् ।