काठमाडौं/१८ जेठ-त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकायले सम्बन्धन प्राप्त कलेजहरुलाई कार्यक्रम नविकरणको लागि आग्रह गरेको छ । शिक्षा शास्त्र संकाय अन्तर्गत स्नातक र स्नातकोत्तर तहको कार्यक्रम सञ्चालन गरेका कलेजहरुलाई कार्यक्रम नविकरणका लागि आग्रह गरेको हो ।
विश्वविद्यालयले २०७८ अषढ मसान्तसम्म सम्बन्धन नविकरण भइसकेका कलेजहरुले एम.एड तह, चार वर्षे बी.एड र स्नातक तह सूचना तथा सञ्चार प्रविधि शिक्षा कार्यक्रम सञ्चालन गरे वापत मिति २०८२ असार मसान्तसम्म नवीकरण गर्नका लागि आग्रह गरेको हो ।



