काठमाडौं/३१ बैशख-हिलसाईड कलेज अफ ईन्जिनियरिङ कलेजले रोल अफ इनर्जी फर सस्टेनेवल सोसल डेभलपमेन्ट विषयमा तेस्रो अन्तराष्ट्रिय सम्मेलन आयोजना गरेको छ । इलेक्ट्रिकलपावर सिस्टम र अहिले विश्वव्यापि रुपमा यसको अस्था र यसमा देखिएका समस्या त्यसका समाधान कसरी गर्न सकिन्छ भन्ने उदेश्यले सम्मेलनको आयोजना गरेको हो ।
एक दिनको लागि गरिएको उक्त सम्मेलनमा २२ जना पिएचडी गरेका विद्यार्थीहरुले फरक फरक विषयमा आफुले गरेको रिसर्चबारे प्रस्तुत गर्ने छन् । त्यसैगरी विभिन्न विज्ञ र सरोकारवालहरुले आफ्ना खोज अनुसन्धानका बारेमा प्रस्तुति दिने छन् ।
नेपाल ईन्जिनियरिङ् परिषद्का अध्यक्ष डा. पद्मबहादुर शाही कलेजहरुले यसरी अन्तराष्ट्रिय सम्मेलन गर्नु राम्रो सुरुवात रहेको बताउँदै निर्णयकर्ता, नीति निर्माण गर्ने व्यक्तिहरु, लगानिकर्ताहरु र उद्योगहरुलाई एकै ठाउँमा राखेर रिसर्च आईडिया र रिसर्चहरुले देखाएका समस्या र समाधानले मार्गनिर्देश गर्नुका साथै आगामि योजना निर्माण गर्न सहयोग पुग्ने बताए ।
उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धक गोपिकृष्ण न्यौपानेले सम्मेलनले पिएचडी सकिन लागेका विद्यार्थी तथा सरोकारवालहरुलाई विश्वबजारमा यसको अवस्था, जनशक्तिको माग र बजारको अवस्थासँग रहेको ग्यापका बारेमा रिसर्चरहरुले जानकारि दिने बताए । सम्मेलनले यो विषयको आवश्कता, जनशक्तिको माग रिसर्चबाट आएको निष्कर्षलाई सबै सामु प्रस्तु गर्ने र आगामि दिनमा अगाडी बढ्न सहज हुने उनको भनाई छ ।
हिलसाईड कलेज अफ ईन्जिनियरिङ कलेजका निमिक्त क्याम्पस प्रमुख प्रशान्त शाहले रोल अफ इनर्जी फर सस्टेनेवल सोसल डेभलपमेन्ट विषयमा तेस्रो अन्तराष्ट्रिय सम्मेलन विभिन्न निकायहरुसँगको सकार्यमा गरिएको बताए । उनले रिसर्चहरुको एनलाईसिस् गर्नुका साथै विभिन्न सिमेन्ट उद्योगहरु, हाइड्रोपावरहरुसँग सहकार्य गरिएकोले पढ्ई सक्दै गरेका विद्यार्थीलाई जोड्नको लागि सहयोगि हुने बताए ।
