मावि तह लाइसेन्सको विज्ञापन खुला (यहाँबाट दिनुहोस आवेदन)


काठमाडौं/३१ बैशाख–शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्रको विज्ञापन खुला गरेको छ । माध्यमिक तह अध्यापन अनुमति पत्रको विज्ञापन खुला गरेको हो ।

आयोगको २९ गतेको निर्णयानुसार शिक्षक सेवा आयोग नियमावली (संशोधन सहित), २०५७ को नियम ९ को उपनियम (१) को खण्ड (ग) वा नियम ९ को उपनियम (७) बमोजिम न्यूनतम योग्यता र तालिम पुगेका इच्छुक व्यक्तिहरूबाट माध्यमिक तहको अध्यापन अनुमति पत्रका लागि आवेदन माग गरेको छ ।


अनलाइन दरखास्तमा आवेदन गर्दा व्यक्तिगत विवरण एवं पेस गरेका कागजातहरू राजस्व दस्तुर बुझाइसकेपछि परिमार्जन वा संशोधन तथा थपघट गर्न नसकिने हुँदा व्यक्तिगत विवरण र पेस गर्नुपर्ने कागजातहरू सुनिश्चित गरेर मात्र अनलाइन दरखास्त दिनुपर्ने तथा पछि फरक परेमा वा पर्न गएमा व्यक्ति स्वयं जवाफदेही र उत्तरदायी हुने सूचनामा भनिएको छ । साथै सो सम्बन्धमा आयोगबाट कुनै पनि कारवाही हुन नसक्ने जानकारी गराएको छ ।


विज्ञापनको विस्तृत विवरण आयोगको वेबसाइट www.tsc.gov.com बाट प्राप्त गर्न र हेर्न सकिनेछ ।

यहाँबाट दिनुहोस आवेदन :

https://license.tsc.gov.np/