काठमाडौं/१० माघ-शिक्षा एक मार्ग दर्शन हो । जसले मानविय जीवन मार्गलाई सहजता बनाउने काम गर्छ । विद्या नै ज्योती हो भन्ने भनाई पनि छ तर, के हामीले सिक्दै आइरहेका शिक्षा प्रणालीहरुले हामीलाई मार्ग दर्शन गराउला त ? भन्ने विषयमा हामी सचेत भने भइसकेका छौँ ।
यसै विषयमा आधारित भएर काठमाडौं विश्वविद्यालयका निरोज दाहालले स्टिम शिक्षा प्रणाली सम्बन्धि सेसन दिनु भएकोमा सुदेशा स्कुलका शिक्षकहरुको तर्फबाट आभार व्यक्त गर्दछौं । हामीले दिँदै आइरहेका शिक्षा साच्चै बालबालिका प्रति प्रभावकारी होला त ? के हामीले दिएको शिक्षाले एक क्षमतावान नागरिक बनिएला त ? भन्ने विषयमा पनि हामीले सोच्नु पर्ने देखिएको छ । एकाइसौं सताब्दीको शिक्षालाई दिगोपन गराउनको लागि हामीले स्टिम शिक्षा अन्तर्गत रहेर विभिन्न विषयलाई पढाउन आवश्यक रहेको छ । जसको कारण विद्यार्थीले पढ्दै आइरहेका विभिन्न विषय वस्तुलाई व्यवहारिक जीवन शैलीसँग जोडिएर दिगो पन बनाउन मद्दत पुर्याउने छ । त्यसैले यस शिक्षा एक रुपान्तरित शिक्षा प्रणाली पनि हो । जुन शिक्षा व्यवहारिक जीवनसँग रूपान्तरण हुन मद्दत पुग्दछ ।
यसमा बहु विषयलाई मेल गराई विभिन्न क्रियाकलापमा आधारित भएर काम गरिन्छ । जस्तै विज्ञान, इन्जिनियर, गणित, प्रविधि र कला जस्ता विषयहरू एक आपसमा मेल गरि पढ़ाईने गरिन्छ । यस शिक्षा प्रणालीले विद्यार्थीको बौद्विक तथा मानसिक विकासका पनि निरन्तर हुने गर्दछ । साथै उच्च गुणस्तरिय शिक्षा प्राप्त गर्न मद्दत गर्दछ ।
स्टिम शिक्षाको सत्रमा सहभागी बिन्दा थापाले विभिन्न विद्यार्थीहरुका क्षमता अनुसार पाठ्यक्रममा आधारित भएर परियोजना कार्यहरु बनाउन मद्दत गर्ने बताइन । विभिन्न विषयहरू (विज्ञान, प्रविधि, कला, यन्त्र, गणित ) जस्ता बहु विषयलाई समावेश गरी शिक्षण सिकाइ गरिएमा विद्यार्थीर्को बुझाइमा सजह हुने अस्मीता खत्रीको भनाई थियो ।
सुस्मी थापाले स्टिम शिक्षाले हाम्रो अध्ययन अध्यापनको गुणस्तर अझै उच्च बनाउने धारणा राखिन । त्यसैगरी अर्की सहभागी अनिता तामाङले फरक विषयलाई एक आपस मा मेल गराई बुझाउन सकिएमा विद्यार्थीको बुझाइमा अझ प्रभावकारी हुने बताइन ।
विद्यार्थीको सिकाई लाई विभिन्न क्रियाकलापको माध्यमबाट लग्दा सिकाइमा राम्रो र दिगोपन हने सुरक्षा तुलाधारको भनाई थियो भने विशेष रूपमा स्टिम शिक्षालाई कसरी हाम्रो दैनिक योजनामा कार्यान्वयन गर्ने र प्रभावकारी ढङ्गले अध्ययन अध्यापन गराउने भन्ने तरिका हासिल गर्न सकेको सबिना तामाङ्गले बताइन ।



