काठमाडौं/९ माघ-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले शिक्षा क्षेत्र परिवर्तनका लगि संरचनागत प्रणाली निर्माण गरेर काम गर्नुपर्ने अवस्था रहेको बताएका छन् । आफु मन्त्री भएर आइसकेपछि कलम पनि को सँग माग्ने अलमल रहेको बताउँदै संरचनागत प्रणाली निर्माण गर्न आवश्यक रहेको बताएका हुन् ।
पत्रकार राजेन्द्र बानियाँले सञ्चालन गरेको यक्ष प्रश्नमा बोल्दै आफु शिक्षामन्त्री भएपछि पहिलो दिनमा मन्त्रालयमा केही निर्णय गर्दै बिरालो बाधेर श्राद्ध गर्नुपर्ने परम्परा जस्तै भएको बताउँदै मन्त्रालयको जानकारी कोसँग लिने, शाखा अधिकृतसँग प्रत्यक्ष कुरा गर्ने की नगर्ने, सचिवसँग मात्रै जाने हो की, मलाई कलम चाहियो भने कसलाई भन्ने लगायतका सामान्य कुराको पनि अभिमुखीकरण नहुँदा समस्या भएको बताएका छन् । उनले अमेरीका र श्रीलंकामा बसेर काम गर्दा र नेपालमा बसेर काम गर्दा निकै फरक रहेको अनुभव बताँदै भने “सामान्य एउटा शिक्षकलाई त कक्षा कोठामा गएर पढाउनु भन्दा अगाडि ४२ दिन राखेर आफुले नै सिकाएर पठाको छु भने मन्त्रीलाई पनि त्यस्तै हो । मन्त्रीलाई पनि यो क्षेत्र बुझन अभिमुखीकरण चाहिन्छ ।
यसै सन्दर्भमा आफु शिक्षामन्त्री हुने समयमा पूर्व शिक्षामन्त्रीहरुसँग कसरी संचालन गर्नपर्छ भनेर भेटेर नै ज्ञान लिन पुगेको बताउँदै केही पूर्व मन्त्रीहरुले यसरी नै चलेको छ, चल्छ भाई भन्ने जवाफ दिएको र केहीले राम्रो कुरा सिकाएको बताए । मन्त्री भगवान नभएको र कामगर्नका लागि राम्रोसँग बुझेर मात्र गरीनुपर्नेमा जोड्दिए ।
विद्यालयमा समयमा पाठ्यपुस्तक नपुगेको, दशौं महिनासम्म विश्वविद्यालयले नतिजा प्रकाशन नगरेको लगाएतका विभिन्न खाले समस्या शिक्षा क्षेत्रमा रहेको र त्यसलाई बाहिर ल्याउने काम पनि नभएको बताएका छन् । आफु यस्ता खाले समस्याबाट भाग्न नखोजेको बताउँदै उनले भने “मलाई मन्त्रालयमा कलम को सँग माग्ने कुरा त थाहा छैन भने विश्वविद्यालयको रिजल्ट भोलि नै गराउने हैसियतमा म आज पुगेको छैन । स्वभाविक कुरा के हो भने प्रणालीगत कुराहरु हामीले सुधार गर्न सकेनौं । म मन्त्री भएर गएको पहिलो दिन मै विश्वविद्यालय मै गएर आदेश दिन मिल्थ्यो होला, समस्या छ भनेर निर्देशन दिन सजिलो थियो होला तर, मलाई के थाहा छ, भने त्यो निर्देशन संस्थागत गर्न सकिएन, प्रणालीको रुपमा विकास गर्न सकिएन भने त्यसको अर्थ हुँदैन । यस अर्थ हामीले संरचनागत प्रणालीको निर्माण गर्न आवश्यक छ ।”
सार्वजनिक विद्यालय सुधारका लागि मर्जर गर्न आवश्यक
नेपालका सार्वजनिक विद्यालय सुधार गर्ने सवालमा बोल्दै मन्त्री खनालले कुनै वेला रानीतिक रुपमा निर्णय गरेर सजिलोका लागि मात्रै खोलिएको धारणा व्यक्त गरेको छन् । कुनै योजना र अनुसन्धना नगरी खोलिएका त्यस्ता विद्यालयहरुले देशमा दुर्गामी असर पर्न सक्ने उनको भनाई छ ।
कुनै समय दुर्गाम ठाउँ भएका कारणले छुट्टै विद्यालयको आवश्यक रहेको र अब बाटोघाटो लगाएतका सेवासुविधा पुगेकोले सार्वजनिक विद्यालयलाई मर्जर गरेर शिक्षकहरुको दरबन्दी मिलान गरी देशभरका सार्वजनिक विद्यालयमा सवारी साधन सञ्चालन गरेर सुधारर गर्न सकिने धारणा राखे ।
विश्वविद्यालय सुधारका लागि नेतृत्वमा भर पर्ने भन्दै उच्च शिक्षामा प्राज्ञिक काम, अनुसन्धानका काम नभएकोले नेतृत्व छनोटमा ध्यनदिनुपर्ने बताए । उनले विद्यार्थी उच्च शिक्षाका लागि विदेश जानु राम्रो भएको तर, उनीहरुलाई फर्काउने वातावरण राज्यले निर्माण गर्नुपर्नेमा जोड् दिए ।
नयाँ शिक्षा ऐन प्राथमिकतामा
संविधानले आभारभूत तह र माध्यामिक तहको निर्धारण गरे पनि शिक्षक सेवा आयोगले अहिलेपनि प्रावि, निमावि र मावि तीन तह बनाएर परीक्षा सञ्चालन गरिरहेको छ नी ? भन्ने प्रश्नमा खनालले संविधान अनुसार कानुन बनाउन नसक्दा समस्या आएको बताए । २०७२ सालमा संविधान बनेपनि २०२८ सालकै शिक्षा ऐनमा काम भइरहेकोले यस्ता समस्या आईरहने उनको भनाई थियो ।
यसै प्रसंगमा मन्त्री खनालले निर्वाचनको दौडानमा वाचापत्रमा घोषणा गरे अनुसार नै नयाँ शिक्षा ऐन प्राथमिकतामा राखेर काम गर्ने बताए । उनले नयाँ शिक्षा ऐन आएको खण्डमा शिक्षा क्षेत्र भित्र रहेका थुप्रै असंगति कुराहरु हट्ेर जाने धारणा राखे ।



