काठमाडौं/९ माघ-प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तथा प्रमाणपत्र तहको आंशिक परीक्षार्थीहरुलाई परीक्षा आवेदन फाराम भर्नका लागि खुला गरेको छ ।
परिषद्ले डिप्लोमा तथा प्रमाणपत्र तहका विभिन्न कार्यक्रमहरुमा प्रथम वर्ष दोस्रो खण्डको परीक्षाहरु सञ्चालन गर्ने भएकोले परीक्षार्थीहरुलाई परीक्षा आवेदन फाराम भर्नका लागि खुला गरेको हो ।
साथै प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रम अन्तर्गत विभिन्न विषयको प्रथम वर्षको आंशिक परीक्षा समेत सोही समयमा सञ्चालन हुने भएकोले आवेदन फाराम भर्न भनिएको छ ।
परीक्षार्थीहरुले माघ २२ गतेसम्म नियमित शुल्कमा र २९ गतेसम्म विलम्ब शुल्कमा फाराम भर्न सक्नेछन् ।




