‘टेक्सस धयन्तरी कप’ आजबाट सुरु

काठमाडौं/२७ माघ–काठमाडौंमा रहेको टेक्सास इन्टरनेशनल कलेज र धयन्तरी फुटसलको संयुक्त आयोजनामा दुई दिने ‘प्लस टु’ तहको ‘टेक्सस धयन्तरी कप’ प्रतियोगिता आजबाट सुरु भएको छ ।
पहिलो पटक आयोजना गरिएको ‘टेक्सस धयन्तरी कप’ विशालनगरमा रहेको धनोन्तरी फुटसलमा आयोजना हुने कलेजले जनाएको छ । प्रतियोगितामा उपत्यकाभित्रका १९ वटा कलेजले सहभागिता जनाएका छन् ।
टेक्सास एजुकेशन नेटवर्कका कार्यकारी निर्देशक भेषराज पोखरेलले प्रतियोगिताले विद्यार्थीहरुलाई अनुशासित र नैतिक बनाउने बताए । यस्ता प्रतियोगिताले एकअर्काबीच भावनात्मक सम्बन्ध विस्तार भई भाइचारा बढ्ने उनको भनाई छ ।
प्रतियोगितामा विजयी हुने प्रथम, द्वतीय र तृतीय टिमलाई क्रमश ः एक लाख, ५० हजार र २५ हजार नगदसहित ट्रफी मेडल प्रदान गरिनेछ । कक्षा ११ र १२ मा अध्ययनरत २० वर्षसम्मका विद्यार्थीहरुको सहभागीता रहेको यस प्रतियोगितामा १९ कलेजका टिमलाई ६ वटा समूहमा विभाजन गरी लिग चरण खेल गराइने खेल र सो पश्चात नकआउट चरणका खेलहरु हुने संयोजक प्रविण खड्काले जानकारी दिए ।