पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले गरे मध्यपश्चिम विश्वविद्यालयको भ्रमण

सुर्खेत/२२ भदौं-पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले मध्यपश्चिम विश्वविद्यालयको भ्रमण गरेका छन् । केन्द्रीय कार्यालयमा आयोजित भेटघाट तथा छलफल कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्द बहादुर सिंह बीच भेटवार्ता भएको हो ।


कार्यक्रममा उपकुलपति प्रा.डा.सिंहले विश्वविद्यालयको पछिल्लो अवस्था र विश्वविद्यालयले चालेका सुधारात्मक कदम तथा प्रगतिबारे जानकारी गराएका थिए । त्यसैगरी पूर्व प्रधानमन्त्री डा. भट्टराईले देशै भरी विश्वविद्यालयको अवस्थाले निराशा छाएको अवस्थामा मध्यपश्चिम विश्वविद्यालयले चालेका कदम र सुधारात्मक कार्यले सकारात्मक उर्जा सहित आशावादी तुल्याएको कुरा व्यक्त गरेका थिए । साथै उनले विश्वविद्यालयमा भिजिटिंग प्रोफेसरको रुपमा आउन समेत इच्छुक रहेको कुरा व्यक्त गरेका थिए ।


उक्त छलफल कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. नारायण प्रसाद पौडेल, विभिन्न ग्र्याजुएट स्कुलका डीनहरु, कार्यकारी निर्देशकहरु, परीक्षा व्यवस्थापन कार्यालय प्रमुख, प्राचार्य, उपकुलपति तथा रजिस्ट्रार सचिवालय सदस्यहरु, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।