काठमाडौं/२२ भदौं-आज ३७ जना विद्यार्थी चालकहरूलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । स्कुल कलेजका विद्यार्थीको सुरक्षालक्षित चेकिङअन्तर्गत ३७ जना विद्यार्थी चालकहरूलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज बिहान गरिएको चेकिङमा कागजपत्र साथमा नभएका १६ जना, सवारी चालक अनुमतिपत्र प्राप्त नगरेका १४ जना, नम्बर प्लेट दुरुस्त नभएका ७ जना गरी ३७ जना विद्यार्थी चालकलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जानकारी दिएको छ ।
साउन ३० गतेबाट सुरु भएको स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अभियानमा हालसम्म १ हजार २०२ जना विद्यार्थी चालकलाई ट्राफिक प्रहरीले विभिन्न कसुरमा कारबाही गरिसकेको छ ।



