काठमाडौं/२२ भदौं–शिक्षक सेवा आयोगले खुला प्रतियोगात्मक गणित र अंग्रेजी विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको चैत १५ र असार ९ गते लिइएको खुला प्रतियोगात्मक लिखित(सामान्य र विषयगत) परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
आयोगले सातै प्रदेशको गणित र अंग्रेजी विषयको खुला प्रतियोगात्मक लिखित परीक्षा माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ । साथै परीक्षामा सम्मिलित भएका उम्मेदवारहरुको रोल नम्बरको क्रममा अन्तवार्ताका लागि मिति समय स्थान समेत तोकेको छ ।
यहाँबाट हेर्नुहोस नतिजा :
https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=181&fn=mabi%20eng%20result%20all%20pradesh%202079.pdf
https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=183&fn=mabi%20maths%20result%202079.pdf



