संघीय शिक्षा ऐन विधेयक समितिमा छलफल गर्न क्याबिनेटबाट पास

काठमाडौं /२१ भदौं-संघीय शिक्षा ऐन विधेयक समितिमा छलफल गर्ने गरी क्याबिनेटबाट पास शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जानकारी दिएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै संघीय शिक्षा ऐन विधेयक समितिमा छलफल गर्ने गरी क्याबिनेटबाट पास जानकारी दिएका हुन् ।

“संघीय शिक्षा ऐन विधेयक समितिमा छलफल गर्ने गरी क्याबिनेटबाट पास भएको छ । यो ऐन यहाँसम्म पुर्याउन सहयोग गर्नुहुने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु ” शिक्षामन्त्री देवेन्द्र पौडेलले सामाजिक सञ्जालमा लेखेका छन् ।


यसरी संघीय शिक्षा ऐन विधेयक समितिमा छलफल गर्ने गरी क्याबिनेटबाट पास हुनुले संसदको आयु सकिने समयमा भएपनि संघीय शिक्षा विधेक अघि बढ्ने स्थिति दिेखिएको छ ।

मंगलबार बसेको मन्त्रिपषिदको बैठकले विधेयकलाई विधेयक समितिमा पठाउने निर्णय गरेको हो ऐन ल्याउन नसक्दा शिक्षक, विद्यालय कर्मचारी, निजी विद्यालय, विश्वविद्यालय, प्राविधिक शिक्षा, शिक्षक सेवा आयोग लगायतका निकाय लामो समयदेखि समस्याबाट गुज्रिरहेका छन् ।