प्रि-डिप्लोमा तहको निःशुल्क छात्रवृत्ति तर्फको नतिजा प्रकाशन

काठमाडौं/२२ भदौं-प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् लुम्बिनी प्रदेश कार्यालयले प्रि-डिप्लोमा तहको वर्गिकृत (निःशुल्क) छात्रवृत्ति तर्फको लागि आवेदन फारम भरेका प्रशिक्षार्थीहरुको नतिजा प्रकाशन गरेको छ । प्रि डिप्लोमा तहको शैक्षिक सत्र २०७९ ०८० का लागि निःशुल्क छात्रवृत्तिमा आवेदन भरेका आवेदकहरु मध्येबाट प्रवेश परीक्षा परीक्षा सञ्चालन गरी नामावली प्रकाशन गरेको हो ।


मुख्य सफल प्रशिक्षार्थीहरु भदौ ३१ गतेसम्म कार्यालय समय भित्र तोकिएको शिक्षण संस्थमा आफ्नो प्रवेश पत्र, शैक्षिक योग्यता, नागरिकता, छनौट भएको लक्षित वर्गको सक्कल प्रमाणपत्र सहित सिफारिस भएको शिक्षण संस्थामा भर्ना भई सक्नु पर्ने छ ।