विराटनगर/२१ भदौं-पूर्वाञ्चल विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले ईन्जिनीयरिङ्ग संकाय अन्तर्गत पूर्व प्रकाशित परीक्षाको मिति परिवर्तन गरेको छ । ईन्जिनीयरिङ्ग संकाय अन्तर्गत साउन १९ गते प्रकाशित परीक्षा तालिकामा परिवर्तन गर्दे भदौं २४ गते हुने परीक्षा तालिकामा परिवर्तन गरेको हो ।
विश्वविद्यालयको प्रकाशित परीक्षा तालिका अनुसार स्नातक तह बिई (सिभिल, कम्प्युटर, इ एण्ड सि, इलेक्ट्रिकल, नियोमेट्रिक, बायोमेडिकल) प्रथम सेमेष्टर र स्नातकोत्तर तह एमएससी आईएसई, एमएससी ईएम, एमएससी युडिसी, एमई अर्थक्विक दोस्रो सेमेष्टर नियमित तथा आंशिक परीक्षाको तालिकामा परिवर्तन गरेको जनाएको छ ।
ईन्जिनीयरिङ्ग संकाय अनतर्गत स्नातक तह प्रथम सेमेष्टर र स्नातकोत्तर तह दोस्रो सेमेष्टरको नियमित तथा आंशिक परीक्षा भदौं २४ गते सञ्चालन हुने परीक्षा विशेष कारणवश असोज ११ गते सञ्चालन हुने सूचनामा उल्लेख गरेको छ । साथै बाँकी विषयको परीक्षाहरु पूर्व प्रकाशित परीक्षा तालिका अनुसार नै सञ्चालन हुने जनाएको छ ।




