विराटनगर/१ असार-प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाख रूपैयाँ बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बाले प्रस्तुत गरेको बजेट वक्तव्यमा आर्थिक वर्ष २०७९–८० का लागि ३९ अर्ब ७३ करोड ८३ लाख बजेट विनियोजन गरिएको हो ।
आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोका अनुसार प्रदेशको योजनाका लागि प्रदेश सरकारको आन्तरिक राजस्व आम्दानीबाट चार अर्ब ९८ करोड ४५ लाख, राजस्व बाँडफाँडबाट ११ अर्ब ८८ करोड १४ लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ८२ लाख र सशर्त अनुदानबाट ८ अर्ब ६९ करोड बजेट प्राप्त हुने अनुमान छ ।
साथै सामाजिक विकाु अनतर्गत विद्यालय शिक्षाको गुणस्तर सुधार गरी उत्पादनमुखी एंव रोजगारमुलक बनाई प्रतिष्पर्धी बनाउन मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै भौतिक सुविधाको विस्तार गरी सूचना प्रविधिको प्रयोग र प्रवर्दनका लागि ९ करोड ६५ लाख बजेट विनियोजन गरेका छन् ।
उत्कृष्ट व्यवस्थापन र नतिजा भएका सामुदायिक विद्यालयलाई प्रोत्साहन गर्न प्रत्येक जिल्लाबाट एक एक वटा विद्यालय छनौट गरी प्रति विद्यालय १० लाखका दरले पुरस्कृत गरिने छ ।
हेर्नुहोस् शिक्षमा बजेट :





