स्नातकोत्तर तह प्रथम वर्षको परीक्षा छुटेका परीक्षार्थीले असार ५ गतेभित्र निवेदन दिनुपर्ने

काठमाडौं/१ असार-त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले स्नातकोत्तर तह प्रथम वर्षको परीक्षा दिन छुट भएका परीक्षार्थीलाई निवेदन दिन आग्रह गरेको छ । २०७९ जेठ २४ गतेदेखि संचालित स्नातकोत्तर तह प्रथम वर्षको प्रकाशित तालिका अनुसार केही परक्षिार्थीहरु परीक्षा दिन छुट भएकोले निवेदन दिन आग्रह गरेको हो ।


परीक्षा नियन्त्रण कार्यालयले आज एक सूचना जारी गर्दे २०७९ जेठ २४ गतेदेखि संचालित स्नातकोत्तर तह प्रथम वर्षको प्रकाशित तालिका अनुसार केही परक्षिार्थीहरुबाट प्रकाशित तालिकामा अन्यौल भई परीक्षा दिन छुट भएको भनी परीक्षा नियन्त्रण कार्यालयमा निवेदन प्राप्त हुन आएकोले छुटेका परीक्षर्थीहरुलाई निवेदन दिन सूचना जारी गरेको जनाएको छ ।


तालिका बमोजिम परीक्षा छुट भएको परीक्षार्थीहरुले मात्र आ आफ्नो पायक पर्ने क्षेत्रिय परीक्षा नियन्त्रण कार्यालयमा तथा त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुमा यही असार ५ गतेसम्म आफ्नो प्रवेशपत्रको प्रतिलिपि संलग्न गरी निवेदन दिन सम्बन्धित सबै परीक्षार्थीलाई जानकारी गराएको छ ।