पूर्णबहादुर खड्का जिल्ला सभापति हुँदा शिक्षक पदबाट फिर्ता जान दवावमूलक पत्र काटियो

काठमाडौं/८ जेठ-पोखरेलले शिक्षामा राज्यको दायित्व जवाफदेहिता जनसहभागिताका पक्षमा सरोकारवाला निकाय, पधादीकारी, शिक्षक, प्रधानाध्यापक, विद्यार्थीको अध्ययन अनुसन्धान गरी आधा दर्जन भन्दा बढी प्रतिवेदनको सूची तयार पारेका छन् । उनले जीवनलाई शिक्षक प्रध्यापन तालीम, प्रशिक्षण, प्रशासन, व्यवस्थापन, अनुसन्धान र शिक्षा विश्लेषण र विदका रुपमा समर्पित व्याक्तित्व हुन । उनै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव पोखरेलसँग गरीएको संवादको चौँथो भाग । उनीसँग गरीएको संवादका केही अंशहरु हामीले प्रकाशित गरीसकेको छौं । साथै अब बाँकी केही भाग प्रकाशित गर्ने छौं ।


बहुदलीय राजनीतिक व्यवस्था प्रति तपाईको सहमति वा विमति के हो ?


म बहुदलीय राजनीतिक व्यवस्था र पार्टीगत स्वतन्त्रताका लागि समर्पित हुने एक जुझारु युवा थिएँ । निरंकूशताको विरुद्ध आवाज उठाउँदा वारेन्टमा परेको नागरिक पनि हुँ । यसर्थ बहुदलीय राजनीतिक घटना क्रमप्रति सहमति वा विमति भन्ने कुरा नै जायज मुद्दा वा प्रश्न होइन । तर मुलुक हाँक्ने राजनीतिक पार्टीहरुको नेतृत्व चाहिँ चरित्रवान् तथा राजनीतिक भयो, भएन ? भन्ने प्रश्न हो । मुलुकको राजनीतिक लाजनीतिको खेलको नेतृत्वमा प्रवेश त भएन, गरिएन भन्ने कुरा मुख्य थियो ।


राजनीति सिद्धान्तगत निष्ठा कि बल मिच्याँइको दौड ?


मलाई राजनीति भनेको सिद्धान्त र वैयक्तिक आचरण तथा निष्ठामा टिकेको अद्वितीय शक्ति हो भन्ने लाग्दथ्यो । तर मलाई वाम राजनीतिक धारको सहयात्री ठान्ने जिल्लाका कम्युनिष्ट नेताहरु निरन्तर फकाउँथे, मित्र! तपाई, हामी जस्तै भूमिगत भएका साथीहरु आफ्नो सबै घर परिवार त्यागेर पार्टीमा समर्पित हुनुहुन्छ । वहाँहरुको बलिदानी र शहादती त्यागका कुरा तपाईलाई राम्रोसँग अवगतै छ । यसर्थ जागिर खाएका परिवर्तन र प्रगतिशील विचारका नागरिकहरुले उदारता पूर्वक पार्टीलाई खुलेर आर्थिक सहयोग गर्ने तथा गराउने वातावरण बनाउनु पर्दछ, प्रत्यक्ष तथा अप्रत्यक्ष भनिरहन्थे र आर्थिक संकलनको जिम्मा लगाइरहन्थे ।

यी सबै कार्यमा सधैँ सहयोगी हुँदै आइएको थियो र बहुदल आएको वर्ष दिनसम्म पार्टी निर्माण, संगठन निर्माण र पार्टीको प्रचारप्रसार सामग्री, पुस्तकहरुको खरिद ,झण्डा आदिको व्यवस्थापनमा सम्पूर्ण मासिक तलबको आर्थिक लगानी र चन्दा सहयोगको एकातिर स्वेच्छिक र अर्कोतिर जिल्लास्तरमा चाहियो भन्ने जबर्जस्त आर्थिक मागको शोषणमा धेरै नै परियो ।


मलाई लाग्दछ, यसरी जागीर खानुपूर्व विद्यार्थी कालदेखि नै निरन्तर पैसा उठाएर कमिटी चलाउने र राजनीतिक उपस्थितिका हरेक गतिविधि सञ्चालनको हैसियतमा नेतृत्व गर्दै आएकोले प्रतिबन्धित कालमा पार्टीहरुलाई लुकेर चन्दा दिनु, घरमा राति राति सम्मानसाथ खानपिन र आश्रय दिनु तथा ती नेताले लाए अह्राएको स्थानसम्म पुग्नु, सूचना तथा प्रतिबन्धित पार्टीका दस्ता वेजहरु बोकेर पुराउनु ठूलो सहयोग हुन्थ्यो । यी सबै कार्यमा सधैँ सहयोगी हुँदै आइएको थियो र बहुदल आएको वर्ष दिनसम्म पार्टी निर्माण, संगठन निर्माण र पार्टीको प्रचारप्रसार सामग्री, पुस्तकहरुको खरिद ,झण्डा आदिको व्यवस्थापनमा सम्पूर्ण मासिक तलबको आर्थिक लगानी र चन्दा सहयोगको एकातिर स्वेच्छिक र अर्कोतिर जिल्लास्तरमा चाहियो भन्ने जबर्जस्त आर्थिक मागको शोषणमा धेरै नै परियो । मेरो अनुभवमा जनताको हितमा पार्टी लागेका छन् भन्ने भ्रममा आफू रहेसम्म स्वेच्छा र यी पार्टीहरु ठिक छैनन् भन्ने ज्ञान पसेपछि पनि दवावमा धेरै आर्थिक लगानीको खोला बगाइयो । यसरी हेर्दा राजनीतिक सिद्धान्तगत निष्ठा रहेन र बल मिच्याँइको जबर्जस्त दौडमा प्रवेश भएको अनुभव गर्न थालियो ।


निरंकूश राजनीतिक व्यवस्थाको परिवर्तनका लागि संघर्षशील व्यक्तिमा धैर्यता कति चाहिँदो रहेछ ?


यो प्रश्नको उत्तर खोज्न र दिन धेरै गाह्रो छ । जीवनमा कम्युनिष्ट भनिने नेतृत्व तहबाट राज्य तथा जनताका पक्षमा लोककल्याणकारी र हितैषी काम हुन्छ र आमजनताको मन जितिन्छ भन्ने सिद्धान्तबाट प्रेरित भएर आफू तथा अन्यलाई अनुयायी हुनु राम्रो भनियो । तर जीवनमा मलाई आवश्यकता भएको अवस्थामा सत्ता, शक्ति र साधन स्रोतबाट लेस हुँदा मेरो विचार, संघर्षशीलता र आदर्शपनको मार्गलाई कहिल्यै सघाएको, प्रोत्साहित गरेको र आत्मबल बढाएको कुनै पनि दिनमा अनुभव भएन, गर्न परेन । उल्टो जीवनभर जोसँग कहिल्यै सम्पर्क भएन, गरिएन र यीहरुसँग के को आश र सहयोग माग्नु ? भनिनेहरुले चाहिँ हरेक घटना घटनामा मलाई र मेरो पेसागत कार्यलाई शब्द प्रयोग तथा कतिपय सन्दर्भमा उल्टो सुल्टो गतिविधिबाट अझखारिने गरी प्रोत्साहित गरिरहे । यसर्थ जे भनिन्छ, देखिन्छ र हो क्यार भन्ने पारिन्छ, त्यो नै पूर्ण सत्य र अन्तिम हो भन्ने भ्रमको घैटो नफुटेसम्म मानिसमा धैर्यता हुन्छ । तर सबै यथार्थ उद्घाटन भइसक्दा परिबन्धमा परेको प्राणी कसरी पिल्सिन्छ ? भन्ने उदाहरणको धैर्यताको कथा पनि रोचक नै हुन्छ, जसको भोक्ता म आफैँ हुँ भन्ने लाग्दछ ।


राजनीतिक सिद्धान्त भन्दा परिबन्धको बल मिच्याँइमा पिडाको कथा जोड्न खोज्नु भयो, अनुभूति सुनौँन ?


घटना विचित्र किसिमको छ, विद्यार्थी कालमा तीन पटकसम्म मरणासन्न हुनेगरी आक्रमणमा पर्दा र बेहोस भएर लड्दासम्म कहिल्यै उजुर बाजुर र रिसइवी नराख्ने बानी पालेर हुर्किएँ । वारेन्टमा परेको व्यक्ति जागीरमा प्रवेश गर्दा धेरैले परिचय लुकाएर गर्छन् होला तर मैले मेहेलीका सबै विव्यस पदाधिकारी र त्यस बेलाका गण्य मान्यजनलाई अवगत गराएर शिक्षकमा भर्ना भएको थिएँ । यसरी खुला विचारमा जागिरमा प्रवेश भएको र मेहेलीको विद्यालयका लागि सबै जीवन समर्पित गरी लागेको व्यक्ति माथि बहुदलीय व्यवस्था आएपछि गर्पन मेहेलीका नेपाली कांँग्रेसका पक्षधर स्थानीय नेताहरुले जिल्ला तहमा मैले गरेका राम्रो कुरा पुराएनछन् । उनीहरुले पोखरेल आदर्श माध्यमिक विद्यालयमा प्रधानाध्यापक रहेसम्म गर्पनका सबै जनताले उसकै कुरामा विश्वास गर्नेछन् । यसर्थ पोखरेल नेपाली कांग्रेसका लागि प्रतिकूल हुनेछ भन्ने नेपाली कांग्रेस जिल्ला समितिमा चुक्ली लगाएछन् ।


यति बेला नेपाली कांग्रेसका शक्तिशाली केन्द्रीय उपाध्यक्ष प्रभावशाली नेता पूर्णबहादुर खड्का जी त्यतिबेला नेपाली कांग्रेस सुर्खेत जिल्लाका सभापति हुनुहुन्थ्यो क्यार, जिल्ला तहका खड्का जी लगायतका सबै अगुवाहरुलाई म विरुद्धको स्थानीय गुनासो साँच्चै ठिक लागेछ क्यार, अनि मेहेलीमा चारै तिरबाट असहयोग गर्ने वातावरण मिलाइयो । मलाई कुनै राजनीतिक दलप्रतिको ढिप्काइ र चिप्काइ तथा कसैप्रति आग्रह पूर्वाग्रह मन पर्दैनथ्यो । स्वतन्त्र समीक्षा गर्ने र विश्लेषण गरी आफूलाई ठिक लागेको कुरा सबैले मन नपारे पनि राख्ने गर्दथेँ, जुन कुरा आजका मितिसम्म पनि जारी छ ।

मलाई कुनै राजनीतिक दलप्रतिको ढिप्काइ र चिप्काइ तथा कसैप्रति आग्रह पूर्वाग्रह मन पर्दैनथ्यो । स्वतन्त्र समीक्षा गर्ने र विश्लेषण गरी आफूलाई ठिक लागेको कुरा सबैले मन नपारे पनि राख्ने गर्दथेँ, जुन कुरा आजका मितिसम्म पनि जारी छ ।


वास्तविकता पत्ता लगाउन नेपाली कांग्रेसले एक पटक पनि मसंग सम्पर्क गर्न आवश्यक ठानेन । म पूर्ण रुपमा स्वतन्त्र भएर कसैप्रतिको निकटता र दुरी हटाएर पेसागत निष्ठामा रहन चाहन्थेँ । तर जिल्ला शिक्षा कार्यालय सुर्खेतबाट जनसेवा माध्यमिक विद्यालयको आफ्नो माध्यमिक तहको शिक्षक पदमा समय तोकेर फिर्ता जानु भन्ने २०४७ को बैशाखमा दवावमूलक पत्र काटियो । यसरी राजनीतिक सिद्धान्त भन्दा परिबन्धको बल मिच्याँइमा पिडाको कथा मसंग जोडिन पुग्यो । राजनीतिक परिबन्ध पनि कस्तो भने, जुन व्यवस्थाका लागि जीवन अर्पण गरियो, त्यही व्यवस्थाको प्रारम्भकालमा नै राजनीतिक आग्रह पूर्वाग्रहको विषको पान गराउने प्रणाली सरकारी संयन्त्रमा संस्थागत अभ्यास थालिएपछि मुलुकको शासन पद्धति, राजनीतिक नेतृत्व चरित्र तथा कार्यशैली प्रति कसरी सहमति वा विमतिको पक्ष छुट्याउनु गाह्रो हुँदोरहेछ । विशुद्ध पेसागत क्षेत्रमा समर्पित हुने मेरो चाह्नालाई परिबन्धले वाम राजनीतिक धारमा संलग्न बनाइयो ।


जागीरको जीवन गति सहज रुपमा कसरी अगाडि बढ्यो ?


आदर्श मावि मेहेलीबाट काजफिर्ता हुँदा एकातिर जनसेवा मावि सहारेका लियन पदका अस्थायी शिक्षक मित्र स्थानेश्वरको अवकाश हुन्थ्यो । अर्कोतिर साटाखानी चौरासेको खाँडदेवी माध्यमिक विद्यालयमा योग्यता पुगेका प्रधानाध्यापकको खोजी भएको थियो । यी दुवै अवस्थाको संबोधन गर्दै, जिल्ला शिक्षा कार्यालयको सहमतिमा जनसेवा मावि, खाँडदेवी माविको त्रिपक्षीय निर्णयबाट आदर्श माविको काज खाँडदेवी माविमा सरुवा गरियो ।


२०४७ को वर्षे बिदा पछि भदौँमा खाँडदेवी माध्यमिक विद्यालयमा हाजिर हुना साथ कामकाजी प्रधानाध्यापकलाई नै नयाँ विद्यालयको वस्तु स्थिति, गाउँठाउँ र सबै परिस्थितिको अध्ययन गरी पूर्ण तयारी साथ दशैँ बिदापछि मात्र प्रधानाध्यापक हस्तान्तरण गर्न उचित होला भनी राय राखेँ र केही समय माग गरेँ । तर राजनीतिको खेल र भित्री षडयन्त्रका पक्षमा कुनै चासो नराख्ने तथा स्वार्थले के के रोल खेल्छन् र दुषित वातावरण बनाउँछन् भन्ने कुरा जीवनमा मैले कहिल्यै ध्यान दिइनँ । यो कुरा सम्झिँदा धेरै उदेक तथा मनमा पिडा लाग्छ ।


पेसागत जिम्मेवारी बहन गर्ने जागीरमा के को षडयन्त्र ?


त्यतिबेला सुर्खेतमा भरखर शिक्षा क्याम्पस र बहुमुखी क्याम्पसमा स्नातक तहको अध्ययन, अध्यापनको सुविधा उपलब्ध हुनथालेको रहेछ । त्यति बेलाका धेरै शिक्षक मित्रहरु वीरेन्द्रनगर, नेवारे, धुलियावीट तिर नै बसाइ गर्ने र अधिकाँंश क्याम्पस भर्ना भई स्नातक तहको शिक्षा पढ्नु हुँदो रहेछ । आजको जस्तो यातायातको सुविधा थिएन, मोटर बाटो पनि बनेको थिएन । यसर्थ वीरेन्द्र नगरको ढोढेँखालीदेखि धुलियाविटसम्म साइकल यात्रा र अति धपडी गर्दा पनि चालीस, पैतालीस मिनटको पैदल यात्रा तय गरेपछि मात्र खाँडदेवी माविमा पुगिन्थ्यो । सुर्खेतको उपत्यका सित जोडिएको काँठको भाग हुनाले गर्मी धेरै नै हुन्थ्यो, निथु्रक्क भिजेका कपडा सहित साढे दश, पौने एघार वा एघारमा शिक्षकहरु विद्यालय पुग्नुलाई आश्चर्य मान्नु पर्दैनथ्यो । साँझ पनि प्राय : तीन बजे पठनपाठन बन्द नै हुन्थ्यो । भरखर बहुदल आएकोले सबै पार्टीका राजनीतिकाज्ञाता, व्याख्याता, समाजमा प्रवाहकर्ता र राजनीतिक दलहरुलाई समाजमा स्थापना गर्ने, गराउने सबै ठेक्का शिक्षकहरुले नै बोकेको अनुभव हुन्थ्यो ।

विद्यालयमा शिक्षकहरुमा समय पालना र अनुशासन नगर्ने अर्कै भयानक रोग पसी सकेको रहेछ । यी सबै घटनाक्रमलाई करीब एक महिना नियाले पछि सम्पूर्ण स्टापहरुको बैठकको आयोजना गर्न प्रअलाई अनुरोध गरेँ ।


विद्यालयमा शिक्षकहरुमा समय पालना र अनुशासन नगर्ने अर्कै भयानक रोग पसी सकेको रहेछ । यी सबै घटनाक्रमलाई करीब एक महिना नियाले पछि सम्पूर्ण स्टापहरुको बैठकको आयोजना गर्न प्रअलाई अनुरोध गरेँ । प्रअको सहयोगमा बसेको बैठकमा मैले विद्यालयको शैक्षिक गतिविधि, समय पालना र पेसागत दायित्व तथा आचरणका विषयमा कुरा उठाएँ । विद्यालय हाताभित्र राजनीतिक दलको परिचय दिने, गर्ने संकेत द्योतक जय नेपाल, लालसलाम जस्ता अभिवादनका विषयमा पनि जिज्ञासा राखेँ ।


जागीरको पेसागत निष्ठा कायम गर्न खोज्दा के कस्तो जोखिम हुँदो रहेछ ?


पेसागत निष्ठा र आचरण सबैको आत्माले स्वीकारेमा मात्रलागु हुने कुरा हो । मैले नचाहिँदो प्रस्ताव गरे जस्तो लाग्दैन, स्पष्ट मेरो भनाइ थियो । साथीहरु, हामी उच्चस्तरको अध्ययनमा संलग्न छौँ भने ती ती मित्रहरुले पहिलो अनिवार्य र सम्भव भएसम्म दोस्रो घण्टी खाली गर्न र साँझ चार, साढे चार बजेसम्म पठनपाठनको व्यवस्था मिलाउन कसो होला ? प्रश्न सहित जिज्ञासा व्यक्त गरेको थिएँ । पहिलो घण्टी राखिने तर हामी सधैँ नआइपुग्ने अवस्थाले यी अबोध विद्यार्थीहरु धेरै मर्कामा पर्ने गरेका छन् । उनीहरुको पठनपाठनमा हामीबाट धोका त भएन ? गम्भीर विचार विमर्श हुनुपर्ने धारणा राखेँ । अर्कोतिर हामी जो जस पार्टीका समर्थक र पक्षधर भए पनि विद्यालय प्राङ्गणमा विशुद्ध शिक्षक बनौँ । भेटघाटमा आफ्नो परिचय दिने जय नेपाल, लालसलाम जस्ता अभिवादन रोकौँ तथा पेसागत नैतिकताको ख्याल गरौँ भनी आग्रह गरेँ ।


यी विषय नै मेरो लागि सुर्खेतको जिल्ला स्तरको राजनीतिक परिवेशमा फेरि विवाद र उक्त विद्यालयमा प्रधानाध्यापक नदिने, नबनाउने षडयन्त्रको कारणमा मलजल गर्ने साधन भएछन् । शिक्षक मित्रहरुले मेरो विषयमा जिल्ला स्तरका आआफ्ना पक्षधर पार्टीका नेताहरुलाई भए,नभएका कुराहरु बढाइ चढाइ गरी चुक्ली लगाउन थालेछन् । फलतः आफ्नो पदमा फर्किन पनि नदिने,प्रधानाध्यापक पदमा पुग्नबाट पनि विभिन्न बहाना बाजी गरी ढिलाइ गरेर रोक्ने तथा पार्टीका नेताहरुलाई त्यो व्यक्ति प्रधानाध्यापक भएमा हामी जागिर खान पनि सक्दैनौँ । राजनीतिक पार्टीको काम त झनै असम्भव हुन्छ भनी घुक्र्याएर पार्टी नेतृत्वलाई विश्वस्त पारेछन् । गुल्मीको मानिस स्वाभीमानी तथा पेसागत आचरणमा इमानदार हुन्छु भन्दाको राजनीतिक फल सबै राजनीतिक पार्टीका शक्तिहरुले एक्लो र असहाय बनाएर न्याय नदिएको घटना स्मरण हुन्छ ।


प्रधानाध्यापक पदमा सेवा गर्न नदिनुलाई राजनीतिक हस्तक्षेप ठान्नु हुन्छ ?


कुरा स्पष्ट छ । मलाई खाँडदेवी मावि चौरासेमा प्रधानाध्यापकमा लैजान विशेष जोड गर्ने त्यति बेला जिल्लामा चर्चित शिक्षक नेता, पेसागत आचरण तथा विषयगत क्षमताका अत्यन्त धनी स्वर्गीय मित्र यामलाल कण्डेल लगायतका केही साथीहरु थिए । तर काज सरुवा गरेर लगेपछि सबै खालको राजनीतिक खोल ओढेका पेसागत शिक्षकका अगुवाहरुले स्थानीय र बाहिरको भन्ने तुच्छ भावमा पक्ष विपक्षको भावना छाडी म माथि एकोहोरो प्रहार गरेका थिए । कण्डेल सरको अडान र सहयोग प्रति जीवनभर आभारी छु र वहाँले आँखामा आँसु चुहाउँदै , क्षमा मागेर सभाबाट मलाई बिदा गरेको स्मरण गर्दछु । अन्य विभिन्न पक्षलाई छाडेर भन्दा विषयगत सक्षमता तथा त्यस्तो पेसागत आचरणको व्यक्ति जागीरमा बिरलै पाइन्छन् भन्ने ठान्दछु ।

अन्ततः जीवनभर जुन राजनीतिक आस्था, निष्ठा र प्रजातान्त्रिक वाक् स्वतन्त्रताका लागि संघर्ष गरियो, जीवन समर्पित भयो । तिनै पार्टीका समर्थक, कार्यकर्ता र नेताहरुले बाहिरी जिल्लाको नागरिकको रुपमा एक्लो बनाएर दिएको अपमान, असहयोग र पिडालाई कसरी बिर्सिन सकिन्छ र ? यसलाई राजनीतिक हस्तक्षेप भनी कसरी नठान्नू ?


अन्ततः जीवनभर जुन राजनीतिक आस्था, निष्ठा र प्रजातान्त्रिक वाक् स्वतन्त्रताका लागि संघर्ष गरियो, जीवन समर्पित भयो । तिनै पार्टीका समर्थक, कार्यकर्ता र नेताहरुले बाहिरी जिल्लाको नागरिकको रुपमा एक्लो बनाएर दिएको अपमान, असहयोग र पिडालाई कसरी बिर्सिन सकिन्छ र ? यसलाई राजनीतिक हस्तक्षेप भनी कसरी नठान्नू ?


चारैतिरको असहयोग र अपमानको व्यवहार बोक्दै २०४७ साल माघमा जनसेवा मावि सहारेमा बाध्यता पूर्वक काज फिर्ता भएँ । मित्र स्थानेश्वरको अवकाशको कारण बने, बनाइएँ । २०४७ माघदेखि २०४९ श्रावणसम्म जनसेवा माविको शिक्षकका रुपमा कार्यरत रहेँ । शिक्षामा प्रवेश भएको कुरा जनीतिक भोगाइ अर्को अर्को संवादमा खुला वातावरणमा प्रस्तुत गरिने छ ।