उद्यममैत्री शिक्षाका लागि “नबिल स्कुल अफ सोसल आन्ट्रप्रेनरशीप”

काठमाडौं/२५ वैशाख-नबिल बैङ्कले सामाजिक उद्यमशीलता वा सामाजिक उद्यमीहरु उत्पादन र विकास गर्ने उदेश्यले नबिल एसएसई सर्टिफिकेट कार्यक्रम सञ्चालन गर्न लागेको छ । हालै मात्रै सुरु गरीएको नबिल स्कुल अफ सोसल आन्टरप्रेनरशीप अभियान सामाजिक परिवर्तनका लागि संस्थागत रुपमा नै उद्यमशीलताको विकास गर्नका लागि सञ्चालनमा ल्याइएको कार्यक्रम हो । यही कार्यक्रम अन्तर्गत नबिलले सातै प्रदेशमा विभिन्न कलेजसँगको सहकार्य गरी कार्यक्रम लागु गर्दैछ । यो कार्यक्रम बागमती प्रदेशमा क्यम्पियन कलेजसँगको सहकार्यमा सञ्चालन हुँदैछ । यसै विषयमा रहेर क्यम्पियन कलेजकी प्रिन्सिपल अनामिका श्रीवास्तवसँग खबर एजुकेशनले गरेको संवाद :


नबिल एसएसई सर्टिफिकेट कस्तो कार्यक्रम हो ?


नबिल स्कुल अफ सोसल आन्टरप्रेनरशीप (नबिल एसएसई) सर्टिफिकेट कार्यक्रम हो । यसमा सामाजिक उद्यमशीलता वा सामाजिक उद्यमहरु उत्पादन र विकास गर्ने उदेश्यले यो कार्यक्रम सञ्चालन गर्न लागिएको छ । सामाजिक उत्तरदायित्व बोकेका उद्यमीहरुलाई समाजप्रति कसरी जिम्मेवार बनाउन सकिन्छ, सामाजिक परिवर्तनका लागि संस्थागत रुपमा नै उद्यमशीलताको विकास गरी आफ्नो समुदायलाई कसरी परिवर्तन गर्न सकिन्छ लगायतका विषय वस्तु समावेश गरेर निर्माण गरीएको कार्यक्रम हो ।


साथै आफ्नो व्यापार, व्यावसायसँगै समाजलाई कस्तो सहयोग गर्न सकिन्छ भन्ने कुरामा बढी ध्यान दिएर यो कार्यक्रम सञ्चालन गर्न खोजिएको हो । एउटा समाजभित्र बसेर आफ्नो व्यापार, व्यावसाय त गरीन्छ , तर समुदायका लागि के गरियो र के गर्न सकिन्छ भन्ने कुराहरु समावेश गरेर निर्माण गरीएको कोर्स हो । आजभोलि उद्यमीका रुपमा युवाहरु बढी मात्रामा आएको देखिन्छ । यसको अर्थ विदेश नगई स्वदेशमै आफ्ने वरीपरि रहेका स्रोत साधन प्रयोग गरेर केही गर्न सकिन्छ भन्ने अहिलेका युवाहरुमा चेतना आइसकेको छ । यसका लागि सहयोगीको भूमिकाको रुपमा नबिल बैङ्कले सातै प्रदेशमा विभिन्न कलेजसँग सहकार्य गरी यो कार्यक्रम सञ्चालन गर्न लागिरहेको छ । यो कार्यक्रम नेपालका लागि नौलो हुनसक्छ तर विश्वका धेरै देशहरुमा चर्चित कार्यक्रम हो ।


यो कार्यक्रमको पाठ्यक्रम निर्माण कसरी गरीएको छ ?


यसमा यस्तै हुनुपर्छ वा कुनै किताब अनुसार पढाईनु पर्छ भन्ने छैन । तर एउटा उद्यमी बन्छु भनेर सपना बोकेको व्याक्तिलाई के सिकाउँदा उसको उद्यमी बन्ने सपना व्यावहारीक जिवनमा पुरा हुन सक्छ र यसका लागि उद्यमी बन्न सिकाउँनु पर्ने अनिवार्य आवश्यकता के के हुनसक्छन् भनेर एउटा कोर्स निर्माण गरेका छौँ । यसका लागि कुनै विषय पढेको हुनपर्ने वा कुनै तह पास गरेको हुनुपर्ने भनेर कुनै मापदण्ड निर्धारण गरीएको छैन । १८ वर्षदेखि माथीका जुनसुकैले पनि पढ्न सक्छन् ।


हामीले अरु विश्वविद्यालयका पाठ्यक्रम भन्दा फरक तरीकाले निर्माण गरेका छौँ । जस्तै : सामान्य पढँे लेखेको व्याक्ति छ भने उसलाई कसरी हामीले फाइनान्सका कुरा बुझाउन सक्छौं, नाफा घाटाका कुराहरुलाई कसरी बुझ्ने र उद्यमशीलताको विकास कसरी गर्ने भनेर अरुले भन्दा फरक र रचनात्मक तरीकाले पढाउने गरी निर्माण गरीएको छ । यसमा इकोनोमिक्स, फाइनान्स, अंग्रेजी, साइकोलोजी, कानुन् लगायतका विषय समावेश गरेर पाठ्यक्रम निर्माण गरीएको छ ।


सामाजिक उद्यमशीलता भनिएको छ । छनोट गर्ने आधार के हो ?


हामीले एकपटकमा पढाउने भनेको २५ जना मात्र हो । यसमा छनोट गर्ने मापदण्ड वा आधार निर्माण गरीएको छैन । तर, यसो भन्दै गर्दा साधारण लेखपढ गर्न जानेको र १८ वर्ष पुरा गरेको नेपाली नागरिक हुनुपर्छ । हामीले हेर्ने भनेको कोही व्याक्ति सर्टिफिकेट मात्र लिन आएको हो की सच्चिकै त्यो व्याक्तिमा काम गर्ने इच्छा भएर आएको छ, त्यो ख्याल गर्छौ । यसका लागि अनलाइनमा केही सामान्य प्रश्नहरु पनि राखेका छौँ । पेश गरिएको आवेदनलाई सामाजिक उद्यमको सोच, अवधारणाको मूल्यांकन गरि छनोट गरिनेछ । आवश्यक परेमा आवेदकहरुसँग अन्तर्वाता पनि लिन्छौं । अन्र्तवार्ताबाट छानिएका २५ जना व्याक्तिलाई उद्यमशीलताकको तालिम कार्यक्रममा सहभागी गराउँछौं । हामीले के बुझ्न आवश्यक छ भने, यो कार्यक्रम ति व्याक्तिहरुका लागि हो,जो भोलिका दिनमा गएर सामाजिक उद्यमशीलता बन्छु र समाजमा केही गर्छु भन्ने संकल्प बोकेका छन् ।


यसका लागि शुल्क कति लाग्छ ?


हामीले सस्तो शुल्कमा सामिजिक उद्यमशीलता बनाउन खोजेका छौँ । यसमा पैसा भन्दापनि सामाजिक उत्तर दायित्व कसरी बहन गर्न सकिन्छ र नयाँ उद्यमी बनाउँने मुख्य उदेश्य भएकाले शुल्क सस्तो राखेका हौँ । यो कार्यक्रम निशुल्क दियो भने मान्छेहरुले सस्तो मान्लान भनेर एउटा व्याक्तिले यो कोर्स गर्नका लागि ५ हजार तिर्नुपर्ने व्यावस्था गरीएको छ ।


यो कति महिनाको कार्यक्रम हो ?


यो तीन महिनाको कार्यक्रम हो । यसका लागि हामीले वर्षमा चार पटक मात्र भर्ना लिन्छौं । दिनको ६ देखि ७ घण्टाको समय दुई महिनामा पाँच÷पाँच दिन र एक महिना चार दिन गरी तीन महिनामा १४ दिन मात्र पढाउँछौं । यो १४ दिन भित्र फिल्ड जाने, विज्ञहरुसँग भेट्ने, सरोकारवालहरुसँग छलफल गर्ने, विभिन्न क्षेत्रका व्याक्तिहरुसँग भेटाउने र केहि सिकाउँने लगायतका कार्य गर्छौ । १४ दिन मध्ये केही दिन ८ वटा विषय समावेश गरीएको सैद्धान्तिक पढाई हुन्छ । अर्को वर्क टेवलमा विज्ञहरुसँग राखेर सिकाइन्छ, अनि फिल्ड वर्क, यो व्याक्तिको आवश्यकता अनुसार फरक फरक क्षेत्रमा लगिन्छ । अरु बाँकी दिनहरुमा उहाँहरुले आफनै व्यावसय गर्नु पाउनुहुन्छ ।


समाजमा विभिन्न उद्यम गरिरहेका व्याक्तिहरु छन्, फरक फरक उदेश्यले आएका ति व्यक्तिहरुलाई पढाउने कोर्स एउटै हुन्छ की फरक फरक ?


पक्कै पनि फरक फरक उदेश्य र अपेक्षा रहेका व्याक्तिहरु आउछन् । १८ वर्षको व्याक्तिको उदेश्य र ६० वर्षको व्याक्तिको उदेश्य एउटै नहुन सक्छ । तर, विज्ञहरुले उनीहरुलाई फरक फरक शिक्षा दिने होइन उनीहरुका उदेश्यलाई समावेश गरेर पढाउने हो । एउटा १८ वर्षको व्याक्तिले ६० वर्षकोलाई के सिकाउन सक्छ र ६० वर्षको व्याक्तिले १८ वर्षकोलाई के सिकाउन सक्छ त्यसलाई समन्वय गरेर अगाडी बढ्छौं । यो कक्षा आफैमा एउटा शिक्षाको स्रोत बन्न सक्छ । त्यो फरक फरक समुहलाई सँगै राखेपछि उनीहरुका अनुभव, भोगाईहरु आदानप्रदान हुन्छ र एक अर्कामा सिक्ने सम्भावना पनि उत्तिकै हुनेभएकाले हामीले सँगै राखेका हौँ । तर, कक्षामा दिने शिक्षा सबैलाई एउटै हुन्छ ।


अन्तमा के भन्नु हुन्छ ?


अन्तमा के भन्न चाहान्छु भने यस्ता खालका कार्यक्रम हरेक जो कोहि व्याक्तिले लिन आवश्यक छ । विशेष गरी भोलिका दिनहरुमा केही गर्छु भन्ने उदेश्य लिएका र केही गर्ने सपना देखेका व्याक्तिहरुले अनिवार्य लिन आवश्यक छ । आफ्नै खुट्टामा उभिएर केही गर्ने चहाना भएका र समाजका लागि केही गर्छु भन्ने सोँच भएका व्याक्तिहरुले यो कार्यक्रमको कक्षाहरु लिन आग्रह गर्दछु । साथै केही गर्छु भन्ने विचार भएका वा उमेर ढल्की सक्यो के गर्ने भनेर अलमलमा पर्नु भएका दिदी बहिनीहरुलाई यो कार्यक्रममा सहभागी हुनका लागि अनुरोध गर्दछु ।


नबिलले बैङ्कले फरक सोचाई राखेर देश र समाजका लागि श्रृजनशील उद्यमी बनाउने लक्ष्य लिएको छ र बागमती प्रदेशका लागि क्याम्पियन कलेजसँग सहकार्य गरेको छ त्यसका लागि धन्यवाद दिन चाहान्छु । यो अभियानलाई सफल बनाउने दायित्व हाम्रो पनि हो । यही अभियान मार्फत सामाजिक उद्यमशीलता बन्न चाहाने देशभरका व्याक्तिहरुले यसको लाभ लिनका लागि आग्रह गर्दछु ।

https://www.nabilbank.com/individual

Leave a Reply

Your email address will not be published. Required fields are marked *