मेट्रो कलेजको बहस : अपराधी कोखले होईन समाजले जन्माउँछ

तुलसीपुर/९ वैशाख-तुलसीपुर मेट्रो कलेजमा बिएएलएलबी पहिलो सेमेष्टरमा अध्ययनरत विद्यार्थी निराजन आचार्यले अपराध समाजले जन्माउने कुरामा जोड दिए । उनले अपराधीहरु मनोवृत्ति भन्दा पनि सामाजिक बातावरणबाट जन्मने कुरामा तर्क पेश गरे । ‘एउटी आमाले कोखबाट कहिल्यै पनि अपराधी जन्माउँदैनिन् यो समाजले उसलाई त्यसतर्फ उन्मुख गराएको हुन्छ’ उनले भने । कुनै देशको कुख्यात अपराधी र साधु जन्मदा एउटै स्वरुपमा उनको तर्क थियो ।


कक्षा ११ मा कानुन अध्ययन गर्ने विद्यार्थी सुमित्रा आचार्यले अपराध समाजको उपज भएको भन्दै यसलाई रोक्नका लागि समाजलाई नै बदल्न आवश्यक रहेको वताइन् । ‘एउटा मान्छेलाई कस्तो वनाउने भन्ने कुरामा समाजको नै हात हुन्छ , उसले जस्तो खालको संगत गर्छ र वातावरण पाउँछ उस्तै हुने गर्दछ । ’ उनले भनिन् ।


विएएलएलबी पहिलो सेमेस्टरका अध्ययनरत विद्यार्थीले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रमुख अतिथि तुलसीपुर मेट्रो कलेजका प्रमुख वसन्त आचार्यले अपराधको जन्म समाज र जन्मजात दुबैबाट हुने वताए । ‘आज शिक्षित मान्छेले पनि अपराध गरिरहेको हुन्छ, राम्रो समाजमा जन्मिएकोले पनि अपराध गरिररहेको छ यसमा मनोवृत्ति र संस्कार दुवैको हात हुन्छ । ’


विद्यार्थी देवी विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा निराजन आचार्य प्रथम, सुमित्रा आचार्य दोस्रो, तिलक रावल तेस्रो र रेश्मी थापा सान्त्वना भएका थिए । कार्यक्रममा कानुन संकाय संयोजक गोपाल उपाध्याय, कृष्णप्रसाद शर्मा र तिला ढकालले निर्णायकको भुमिका निर्वाह गरेका थिए । कार्यक्रमको सहजिकरण छविन रावतले गरेका थिए ।