एमालेको घोषणापत्र : सबै भन्दा योग्यलाई शिक्षण पेशामा आकर्षित गर्ने नीति बनाउने

काठमाडौं /९ वैशाख-नेकपा एमालेले ३० वैशाख २०७९ को स्थानीय तह निर्वाचनको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार स्थानीय तह निर्वाचनको चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् ।


नेकपा एमालेले सार्वजनिक गरेको ४८ पेजको स्थानीय तहको चुनावी घोषणा पत्रमा केपी शर्मा ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रमा गुणात्मक प्रगति र उपलब्धिपूर्ण सफल भएको दाबी गरेको छ ।


शिक्ष तर्फमा विद्यालय भर्ना, टिकाउ दर, साक्षरता दरमा उल्लेखनिय वृद्धि, ९ हजार ५ सय विद्यालय भवन पुनािर्माण,मदन भण्डारी विज्ञान प्रविधि विश्वविद्यालयको स्थापना, प्रविधि शिक्षाको विस्तारमा उदाहरणीय काम, विद्यालय जान नपाएका लाखौं नानिहरुलाई भर्ना अभियान, अभिभावक बिहीनहरुलाई संरक्षकत्व राज्यले लिने नीतिको सुरुवात गरीएको लगायत उल्लेख गरीएको छ ।


त्यसैगरी ३० वैशाख २०७९ को स्थानीय तह निर्वाचनको चुनावी घोषणापत्रमा आगामी पाँच वर्षको लागि गुणस्तरीय शिक्षाको आधार प्रविधि शिक्षाको विस्तार र सामुदायिक विद्यालयमा सुधारलाई पाथमिकतामा राख्दै गुणवान र सक्षम नागरिक तयार गर्न शिक्षा सम्बन्धी मौलिक हकको कार्यन्वयन गर्दे सामुदायिक शिक्षालाई गुणस्तरीय, सिपमुलक र जीवनउपयोगि बनाउने नीति लिएको छ ।


पालिकाहरुलाई पूर्ण साक्षर घोषणा गर्ने, बीचैमा पढाई छाड्ने समस्याको समाधान गर्ने,सामुदायिक, संस्थागत, गुठी र सहकारी विद्यालय स्थापना, अनुमति प्रदान, सञ्चालन, व्यवस्थापन तथा नियमन सम्बन्धी कार्यमा स्थानीय तहको क्षमता अभिवृद्धि गर्ने, सबै भन्दा योग्यलाई शिक्षण पेशामा आकर्षित गर्ने आवश्यक नीति र योजना तर्जुमा गर्ने लगायतका नीति उल्लेख गरेको छ ।