काठमाडौं/९ वैशाख -आजदेखि बिहान ८ बजेबाट शैक्षिक सत्र २०७८ को माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । २ हजार ७ परीक्षा केन्द्र र एक उपकेन्द्रमा एकैसाथ एसईई परीक्षा सुरु भएको हो ।
यो वर्ष कुल ५ लाख १४ हजार ९६७ परीक्षार्थी एसईई परीक्षामा सहभागी छन् । यो वर्ष परीक्षामा नियमिततर्फ ४ लाख ८८ हजार ७४२ र ग्रेड वृद्धितर्फ ११ हजार ४५४ परीक्षार्थी एसईईमा सहभागी रहेका छन् । बिहान ८ बजेबाट सुरू भएको परीक्षा ११ बजे सकिनेछ ।







