हरेक चुनौतिसँग जुध्न सक्ने व्यवहारिक शिक्षा अबको आवश्यकता

काठमाडौं /२७ चैत-नयाँ शैक्षिक सत्र सुरु भएसँगै अभिभावकलाई विद्यालय छनोटमा समस्या पर्नेगर्छ । आफ्ना छोराछारीका लागि कस्तो विद्यालय राम्रो, विद्यालय छनोट गर्दा के के विषयमा ध्यान दिने, विद्यालयले कुन विधि मार्फत पठनपाठन सचालन गरेको छ लगायतका विषयमा इम्पेरीयल वर्ल्ड स्कुलकी डाइरेक्टर जुनिता शाही कर्कीसँग खबर एजुकेशन अनलाइनले गरेको संवाद ।


अबको विद्यालय शिक्षा कस्तो हुनुपर्छ ?


अबको शिक्षा भनेको बालबालिकाहरुलाई औपचारीक शिक्षा मात्र नभएर सिप सहितको शिक्षा हुनुपर्छ । किनभने अबको आठ, दश वर्ष पछि हाम्रो देशलाई वा विश्वबजारमा कस्तो जनशक्ति चाहिनसक्छ त्यसको आधारमा शिक्षा दिन आवश्यक छ । विश्वको जुनसुकै क्षेत्रमा गएपनि काम गरेर खानसक्ने शिक्षाको खाँचो छ । त्यसैले पनि अबको शिक्षामा औपचारीक रुपमा कुनै एउटा विषयमा मात्र शिक्षा दिएर पुग्दैन । हरेक समस्यासँग जुध्न सक्ने व्यवहारिक शिक्षा अबको आवश्यकता हो ।


यसका लागि विद्यालयले पढाउँदा नै धेरै भन्दा धेरै अवसरहरु दिनुपर्छ । बालमैत्री वातावरण सिर्जनागरि विद्यार्थीहरुसँग भएको क्षमता, कलालाई विकास गर्दे सिक्न सक्ने खालको वातावरण विद्यालयले निर्माण गर्न सक्नुपर्र्छ । जसले गर्दा बालबालिकाहरुले जिवनउपयोगी शिक्षा पाउन सकुन । बालमैत्री वातावरण सिर्जना गर्नका लागि विद्यालयको व्यवस्थापन, शिक्षक, ह्युमन रिसोर्स सबैको उक्तिकै भूमिका रहन्छ ।


नयाँ शैक्षिक सत्र आएसँगै अभिभावकले विद्यालयको कुन कुन पक्ष हेरेर बालबालिकालाई भर्ना गर्न सुझाव दिनुहुन्छ ?


अहिले धेरै जसो अभिभावकहरुसँग कुराकानी गर्दा बालबालिकाहरुका लागि विद्यालयमा पारिवारीक वातावरण खोजिरहनु हुन्छ । तर, कतिपय विद्यालयहरुले न्युनतम मापदण्ड पनि पुरा नगरी विद्यालय सञ्चालन गरेका छन् यसमा अभिभावकले ख्याल गर्नुपर्छ । पहिलो विद्यालय भित्रको वातावरण र बालबालिकालाई पढ्नको लागि सुविधा कस्तो छ हेर्नुपर्छ । दोस्रो बालबालिकाले सुरक्षित र मायालु बातावरण खोजेका हुन्छन् । यसमा अभिभावकले ध्यान दिनुपर्ने भनेको विद्यालयमा आफ्ना छोराछोरी मानसिक रुपमा खुशी छन् की छैनन्, सुरक्षीत छन् की छैनन् ध्यान दिनुपर्छ । तेस्रो विद्यालयको भवन भुकम्प प्रतिरोधि छ कि छैन, त्यो भवनमा छोराछोरी सुरक्षित हुन सक्छन् कि सक्दैनन् विचार गर्नुपर्छ । त्यसैगरी कक्षा कोठा, विद्यालयको पुस्तकालय, प्रयाप्त मात्रमा खेल मैदान छ की छैन आदी कुराहरुलाई पनि हेर्नुपर्छ ।


पछिल्लो समय कोभिड-१९ महामारीले गर्दा लामो समयसम्म घरमै बसेका बालबालिकाले मानसिक तनाव भोग्नुपरेका कारण पढाइमा फोकस गर्न नसक्ने, उनीहरुले गर्ने व्यावहारमा परिवर्तन आउने, झर्को मान्ने जस्ता समस्या रहेकाले बालबालिकाका लागि अभिभावकले राम्रो गाईडेन्स् खोजिरहेको अवस्था छ । यसमा महत्वपूर्ण पक्ष भनेको बालबालिकाहरुलाई दिइने काउन्सिलिङ् हो । अर्को अभिभावकको चाहाना भनेको परीक्षा दिएर पस मात्र गर्ने र प्रमाण पत्र लिने मात्र भन्दा पनि जिवनउपायोगी शिक्षामा ध्यान दिने विद्यालयको खोजिमा रहेको पाइन्छ । त्यसकारणले पनि माथी भनिए जस्ता कुराहरु विद्यालयमा छन् कि छैनन् ख्याल गरेर मात्र बालबालिकाहरुलाई भर्ना गर्न आग्रह गर्छु ।


इम्पेरियल वर्ल्ड स्कुलमा कुन शिक्षण पद्धतिबाट पढाउनु हुन्छ ? साथै सिकाई सहजिकरण कसरी गर्नुभएको छ ?


हामीले औपचारीक शिक्षा मात्र नभएर व्यवहारिक शिक्षालाई ध्यानमा राख्दै पढाईरहेका छौं । जब सन् २०१० मा हाम्रो स्कुल स्थापना भयो त्यो बेला देखिनै इन्टरनेशनल पाठ्यक्रमहरुलाई पनि अभ्यास गर्दे आईरहेका छौं । हामीले ब्रिटिस पाठ्यक्रम अन्तर्गतको कक्षा १ देखि कक्षा ६ सम्म (५ वर्ष देखि ११ वर्ष) इन्टरनेशनल प्राइमेरी पाठ्यक्रम (आईपीसी) र कक्षा ७ देखि कक्षा १० सम्म (१२ वर्ष देखि १४ वर्ष) इन्टरनेशनल मिडल एयर पाठ्यक्रमलाई (आईएमवाईसी) नेपालको राष्ट्रिय पाठ्यक्रमसँग मिलाएर पठनपाठन गराईरहेका छौं ।


नेपालको राष्ट्रिय पाठ्यक्रमलाई प्राथमिकता दिदैँ आईपीसी र आईएमवाइसीलाई मिलाएर इङगेजिङ लर्निङ दिइरहेका छौँ । यसले बालबालिकाहरुलाई प्रयोगात्मक सिकाईमा केन्द्रित गरेको छ । आईपीसी पाठ्यक्रम अन्तर्गत विषयगत कुराहरुलाई रचनात्मक तरीकाले स्पष्ट अध्ययन प्रक्रियामा केन्द्रित रहेर प्रत्येक विषयमा विशेष लक्ष्य हासिल गर्ने गरि राम्रो सँग विद्यार्थीलाई सिकाईन्छ । जसले गर्दा बालबालिकाहरुलाई जिज्ञासु बनाईराख्छ । आईएमवाईसी पाठ्यक्रमले एकदमै धेरै चुनौति लिएर फरक फरक विषय वा कुनै पनि नयाँ कुरा सिक्न, खोज्न र त्यसबारेमा बुझ्न सिकाउँछ । यसले दिमाखलाई अन्तराष्ट्रियस्तरमा विकास गर्दै व्यक्तिगत शिक्षालाई प्रत्सोहान गर्दछ । यो दुई वटा इन्टरनेशनल पाठ्यक्रमलाई नेपालको राष्ट्रिय पाठ्यक्रमसँग मिलाएर पढाउँछौं ।


यसरी पढाउँदा विद्यार्थीले देशभित्रका कुरा सिक्नुका साथै उनीहरूको पढाइ संसारभर जुनसुकै देशमा पनि उपयोगी होस् भन्ने हाम्रो उद्देश्य हो ।


इम्पेरियल वर्ल्ड स्कुल अरु विद्यालय भन्दा फरक कसरी छ ?


हामीले धेरै भन्दा धेरै विद्यार्थीहरु जम्मा गरेर पढाउने भन्दा पनि अन्तराष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा कसरी दिन सकिन्छ भन्नेमा नै केन्द्रित छौं । प्रत्येक कक्षामा ३० जना मात्र विद्यार्थी राखेर प्रत्येक विद्यार्थीलाई व्याक्तिगत रुपमा ध्यान दिँदै पढाउँदै आएका छौं । यो नै अरु विद्यालय भन्दा इम्पेरियल वर्ल्ड स्कुलको फरक पक्ष हो । विद्यार्थीको अभिरुचि थाहा पाएर त्यहीँ अनुरुप पढाइन्छ । विद्यार्थीलाई पढ्न गाह्रो हुने बित्तिकै शिक्षकहरुले उनीहरुलाई व्याक्तिगत रुपमा समय दिएर सहयोग गर्ने, उसको मनोविज्ञान कस्तो छ ख्यल गर्ने, उसको व्यवहार र स्वभाव जस्ता कुराहरु हेरेर कस्तो खालको एप्रोच प्रयोग गरेको खण्डमा उसले राम्रोसँग सिक्न सक्छ पत्तालगाएर त्यहीँ अनुसारले पढाउँछौं । यसले विद्यार्थी र शिक्षकको सम्बन्ध पनि प्रगाड बनाउँछ ।


विद्यार्थी मानसिक र शारीरीक रुपमा बलियो बन्नका लागि विद्यालयको बातावरणले ठुलो भूमिका खेलेको हुन्छ । यसका लागि हामीले विद्यार्थीहरुलाई सुरक्षित बातावरण दिएको छौं । जस्तो हामीले विद्यालयको भवन तला तलामा नभई एकतलामा भुकम्प प्रतिरोधि भवन बनाएका छौं । त्यस्तै कोभिडको बेलामा उच्च सर्तकर्ता अपनायौं यो भनेको विद्यालयमा अनिवार्य चाहिने पक्ष हो । यसले विद्यार्थीलाई आफु सुरक्षित भएको महसुस गराउँछ ।


अर्को इम्पेरीयल वर्ल्ड स्कुलमा काउन्सलरलाई पनि महत्व दिएका छौं । विद्यार्थीहरुको एकेडेमीक पक्षलाई मात्र नहेरेर उनीहरुलाई मानसिक समस्या पनि हुनसक्छ । यसले उसको पढाईमा कस्तो असर गरेको छ, किन भइरहेको छ र यसलाई कम गर्न कसरी सहयोग गर्न सक्छौं भन्ने कुरालाई विशेष ध्यान दिन्छौं। यसका लागि हाम्रो विद्यालयमा वेग्लै काउन्सलर हुनुहुन्छ । उहाँहरुले विद्यार्थीलाई एक्लै भेटेर उनीहरुका समस्या सुनिदिने, समस्या पत्ता लगाउने र कसरी शिक्षकसँग सहकार्य गरेर विद्यार्थीलाई सहयोग गर्न सकिन्छ भन्ने विषयमा ध्यान दिन्छौं ।

अन्तमा के भन्नु हुन्छ ?


नयाँ शैक्षिक सत्र आउँदै छ । अभिभावकहरु आफ्ना छोराछारीहरुलाई पढाउनको लागि राम्रो विद्यालयको खाजिमा हुनुहुन्छ । त्यसकारण अभिभावकले ख्याल गर्नुपर्ने भनेको जुन स्कुलमा छोराछोरी पढाउनु भएको छ, त्यस स्कुलमा कस्तो खालको शिक्षण विधि प्रयोग गरिएको छ मुख्य रुपमा ध्यान दिन आग्रह गर्दछु । परीक्षा दिएर पास मात्र गर्ने र प्रमाण पत्र मात्र लिने होइन की बालबालिकाले सिप र संस्कार सहितको व्यवहारिक शिक्षा पाएका छन् की छैनन् ख्याल गर्नुपर्छ । किन की अबको शिक्षा भनेको विश्व बजारमा प्रतिस्पर्धा गर्ने र जहाँ गएर पनि उसले केही गरेर खान सक्ने चाहीन्छ । त्यसकारणले पनि यसलाई महत्वका साथ हेरिनु पर्छ । उनीहरुले पढेको कुरालाई आफ्नो जिवनमा जस्तो सुकै समस्या र चुनौतिमा पनि प्रयोग गर्न सकुन । त्यसैले विद्यालय शिक्षा बालबालिकाहरुका लागि महत्वपूर्ण रहने भएकाले विद्यालय छनोटमा विशेष ध्यान दिन आग्रह गर्न चाहान्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *