काठमाडौं/२३ चैत-नेपाल विद्यालय कर्मचारी परिषद्ले सामूदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुलाई निजामति कर्मचारी सरहको तलब भत्ता उपलब्ध गराउन शिक्षामन्त्री समक्ष आग्रह गरेको छ ।
विद्यालयमा कार्यरत कार्यल सहायक र कार्यलय सहयोगिको लागि तलब नभई झिनो अनुदानको रुपमा रकम निकासा भए पनि न्यूनतम पारिश्रमिक समेत नभएको जानकारी गराउँदै तलबमान कायम गर्न आग्रह गरेको हो ।
सामुदायिक विद्यालयमा कार्यरत शिक्षक बाहेकका विद्यालय कर्मचारीहरु शिक्षा ऐन २०२८ अनुसार विभिन्न पदमा रहि काम गर्दे आएकोमा उही पदमा कार्यरत शिक्षकहरुले नेपाल सरकारले तोके अनुसारको सेवा सुविधा पाउछन् भने त्याही विद्यालयमा कार्यरत विद्यालय कर्मचारीले सेवा सुविधा नपाएको अवस्था रहेको भन्दै आगामि आर्थिक वर्ष २०७९ /८० को बजेटमा सेवा सुविधामा वृद्धि गरी कार्यन्वयनमा ल्याउन आग्रह गरिएको छ ।



