काठमाडौं/२२ चैत-शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ‘सबै बालबालिका विद्यालय पठाऔं,शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गरौं’ भन्ने नाराका साथ शैक्षिक सत्र २०७९ को विद्यार्थी भर्ना कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
केन्द्रले उक्त नारा सहित विद्यालय उमेर समुहका सबै बालबालिकालई विद्यालय भर्ना गराई शिक्षा सम्बन्धी मौलिक अधिकार सारभूत रुपमा कार्यन्वयन गर्न सबै स्थानीय तह र विद्यालयहरुलाई निर्देशन दिएको हो ।
यो सँगै शैक्षिक सत्र २०७९ को विद्यार्थी भर्ना कार्यक्रम बैशाखमा नै सञ्चालन गर्ने व्यावस्था गर्न, स्थानीय तहको शिक्षा शाखाको एक जना कर्मचारीलाई सम्पर्क व्याक्ति तोकि सूचना,समन्वय र सहजीकरण गर्र्ने लगायतका विद्यार्थी चर्ना तथा विद्यालय स्वागत कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको छ ।
त्यसैगरी स्थानीय एफएम रेडियो लगायत स्थानीय स्तरका सञ्चार माध्यमहरुवाट सकेसम्म स्थानीय भाषामा विद्यार्थी भर्ना सम्वन्धी सचेतानामूलक सूचना, विज्ञापन प्रसारणको व्यवस्था मिलाउन केन्द्रले निर्देशन दिएको छ । साथै स्थानीय स्तरमा क्रियाशील र शिक्षा क्षेत्रमा कार्यक्रम सञ्चालन गरिरहेका गैरसरकारी संस्थाहरुलाई विद्यालय बाहिर रहेका विद्यालय उमेर समूहका बालबालिका पहिचान तथा भर्ना गर्न प्रोत्साहित गर्ने कार्यमा परिचालन गर्ने’ उल्लेख गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिको बैठकबाट नै निर्णय गराई कार्यतालिकासहित विद्यार्थी भर्ना कार्यक्रम २०७९ बैशाख महिनामा नै सञ्चालन गर्ने, भर्ना हुन आउने बालबालिकालाई तत्काल भर्ना गरी स्वागत गने र निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने, विद्यार्थी भर्नाका लागि आफ्नो सेवाक्षेत्रभित्र व्यापक रुपमा प्रचार प्रसार र सूचना गर्ने केन्द्रको सूचनामा भनिएको छ ।





