पढ्दै कमाउदै कार्यक्रम अन्तर्गत छनोट भएका विद्यालयको नामावली सार्वजनिक


काठमाडौं १६ चैत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पढ्दै कमाउदै कार्यक्रमका लागि छनोट भएका विद्यालयको नामावली सार्वजनिक गरेको छ ।


उक्त कार्यक्रम विद्यालय सहयोगका लागि सामुदायिक विद्यालयसँग प्रस्ताव माग गरिएकोमा निर्देशक समितिको २०७८ चैत ८ गते बसेको बैठकको निर्णयानुसार विद्यालय छनोट गरि नामावली सार्वजनिक गरेको हो ।


आवेदन दिएका विद्यालयहरु मध्येबाट १४० विद्यालय उक्त कार्यक्रमका लागि छनोटमा परेका छन् । पढ्दै कमाउँदै कार्यक्रम छनोटमा परेका विद्यालयहरुले कृषि, पशु, वायरिङ, जडिबुट्टी खेती लगायतका कार्यक्रम सञ्चालन गर्न पाउने छन् ।

याहाँबाट हेर्नुहोस छनोट भएका विद्यालयको नामावली :

https://cehrd.gov.np/file_data/mediacenter_files/media_file-1-238147634.PDF