इम्पेरियल वर्ल्ड स्कुल : सफल व्यवसायी बन्ने कक्षा ४ का विद्यार्थीको आईडिया

काठमाडौं /१६ चैत-बुढानीलकण्ठ नगरपालिका ६, हात्तिगौंडास्थित इम्पेरियल वर्ल्ड  स्कुलले गत सोमबार चैत १४ गते यूवा व्यवसायी शीर्षकमा एक्जिट पोइन्ट कार्यक्रम सम्पन्न गरेको छ । कक्षा ४ मा अध्ययनरत विद्यार्थीहरुले अन्तर्राष्ट्रिय प्राथमिक तहको पाठ्यक्रम (IPC) अन्तर्गत यूवा व्यवसायी शीर्षकमा प्रस्तुतिकरण गरेका थिए ।

उक्त शीर्षकमा आधारित विषयवस्तुले आजको २१ औं शताब्दीमा आइपुग्दा कुनैपनि शिक्षित व्यक्तिले रोजगारीमै आवद्ध हुनुपर्छ भन्ने परम्परागत विचारलाई परिवर्तन गरी आधुनिक शिक्षा प्रणालीका माध्यमबाट विश्व बजारमा आफ्नो सीप, क्षमता अनुसार विभिन्न विषयवस्तुमा रुची अनुरुप आफूलाई एउटा यूवा व्यवसायी (थ्यगलन भ्लतचभउचभलभगचक) का रूपमा पनि प्रस्तुत गर्न सकिन्छ भन्ने गतिलो उदाहरण दिएका छन् ।


लेखपढ गरेका व्यक्तिहरुले कुनै पनि क्षेत्रमा जागिर नै खानु पर्छ भन्ने मान्यतालाई बदल्दै स–साना व्यवसाय गरेर पनि आर्थिक रूपमा सबल बन्न सकिन्छ भन्ने तथ्यलाई उक्त विषयबाट प्रष्ट पारेका थिए ।


त्यसैगरी यस विषयअन्तर्गत रहेर बालबालिकाहरुले युवा व्यवसायी कसरी बन्न सकिन्छ भन्ने मूख्य विषयवस्तुलाई समेटेर आफ्ना विभिन्न कलाहरु प्रदर्शन समेत गरे ।

विद्यार्थीहरुले परापूर्वकालमा व्यपार कसरी गरिन्थ्यो ? पैसाको जन्म किन गराइयो ? पैसाले विनिमय माध्ययमा कस्तो प्रकारको भूमिका खेल्न सफल भयो भन्ने जस्ता गहन विषयवस्तुलाई अध्ययन तथा अनुसन्धान गरेर सामूहिक क्रियाकलापहरु गरेका थिए ।

यस विषयले विद्यार्थीलाई आफ्नो रुचीको विषयमा अध्ययन तथा अनुसन्धान गरेर सिर्जनात्मक क्षमता अभिवृद्धि गर्ने, बौद्धिक क्षमताको विकास गर्ने, विश्व बजारसामू आफूलाई एउटा उद्यमीको रुपमा पनि चिनाउन सकिन्छ भन्ने गतिलो उदाहरण दिए ।