सिटिइभिटीद्धारा डिप्लोमा तथा प्रि-डिप्लोमा तहको परीक्षा तालिका सार्वजनिक

काठमाडौं/२ चैत-सिटिइभिटी परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तथा प्रि-डिप्लोमा तहको नियमित तथा आंशिक परीक्षाको परीक्षा तालिका सार्वजनिक गरेको छ । विभिन्न कार्यक्रमहरुको नियमित तथा आंशिक परीक्षा चैत ३० गतेदेखि सञ्चालन हुने परीक्षाको तालिका सार्वजनिक गरेको हो ।