काठमाडौ/२ चैत-काठमाडौंको त्रिपुरेश्वर स्थित विश्व निकेतन माध्यमिक विद्यालयले हीरक जयन्ती मनाएको छ । २००३ सालमा स्थापना भएको विद्यालयले मंगलबार भव्याताका साथ हीरक जयन्ती मनाएको हो ।
हीरक जयन्ती समारोहमा प्रमुख अतिथिका रुपमा वोल्दै माननीय शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षक, अभिवाक र सरकारको संयुक्त पहलमा मात्र सामुदायिक विद्यालयको गुणस्तर सुधार्न सकिने बताए ।

उनले सरकारले सामुदायिक विद्यालयहरुको भौतिक पूर्वाधार, शिक्षिक गुणस्तर र शिक्षा सम्वन्धी कानूनी सुधारमा केन्द्रित भै शिक्षा क्षेत्रको सुधारका लागि ५५ वुँदे कार्यक्रम अगाडि ल्याएको जानकारी दिए ।
सार्वजनिक विद्यालयको सुधारका लागि सरकार कटिवद्ध रहेको वताउँदै मन्त्री पौडेलले आगामी तीन वर्षभित्र देशभरका सार्वजनिक विद्यालयहरुलाई भौतिक सुविधा सम्पन्न बनाउने तर्फ सरकार अगाडि बढेको बताए ।
गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यमा विश्व निकेतन माध्यमिक विद्यालयको योगदानको प्रसंशा गर्दै विद्यालयसँग आगामि दिनमा पनि निरन्तर सम्पर्कमा रहेर गुणस्तरीय शिक्षाका लागि अगाडि बढ्ने प्रतिवद्धता व्याक्त गरे ।
उक्त अवसरमा बोल्दै काठमाडौ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले विद्यालयको भौतिक पूर्वाधारको विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । विद्यालयका प्राचार्य हेरम्बराज कंडेलले विद्यालयले गुणस्तरिय शिक्षामा गर्दै आएको योगदान र प्राप्त गरेको सफलताको बारेमा चर्चा गर्दै विद्यालयको भौतिक पूर्वाधारको विकासका लागि सरकारको तर्फबाट थप सहयोगको अपेक्षा गरेको बताए ।
१० लाखको अक्षयकोष स्थापना
हीरक महोत्सवकै अवसरमा विद्यालयमा ‘पद्य ज्योती तथा मिरा ज्योती’ नामक अक्षय कोषको स्थापना गरिएको छ । वार्षिक रुपमा उत्कृष्ट शिक्षक विद्यार्थीलाई पुरस्कृत गर्ने उद्देश्यले रु. १० लाखको अक्षयकोषको स्थापना गरेको सौरभ ज्योतीले घोषणा गरेका हुन् ।
आफ्ना बुबाआमाको नाममा हीरक महोत्सवका अवसरमा ज्योतीले सार्वजनिक रुपमा अक्षयकोष स्थापना गरिएको घोषणा गरेका छन् ।

सरकारबाट नमुना विद्यालय समेत घोषित उक्त विद्यालयले २०७४ र २०७५ मा राष्ट्रिय शिक्षा पुरस्कारका साथै विभिन्न क्षेत्रिय पुरस्कारहरु समेत प्राप्त गरेको छ भने विद्यालयले सामुदायिक विद्यालय तर्फ देशभरमै उत्कृष्ठ नतिजा हासिल गर्दै आएको छ ।
उक्त अवसरमा विद्यालयलाई निरन्तर सहयोग गर्ने व्यक्ति तथा संस्था एवं लामो समयसम्म सेवारत शिक्षक शिक्षिका तथा उत्कृष्ठ नतिजा हासिल गर्ने विद्याथीहरुलाई सम्मान गरिएको थियो ।




