काठमाडौं/१ चैत–निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन)को १५औं राष्ट्रिय महाधिवेशन आगामी चैत ९ र १० गते नेपाल प्रज्ञा प्रतिष्ठानमा हुँदै छ । महाधिवेशनले तीन वर्षे कार्यकालका लागि २७ जना पदाधिकारीहरू र ३९ जना सदस्य सहित ६६ जनाको कार्यसमिति चयन गर्ने छ । प्याब्सनले महाधिवेशन विगतमा जस्तो प्यानल बनाएर चुनाव नहुँने गरी विधान संशोधन पनि गरेको अवस्था छ । अबको पदाधिकारी चयन कस्तो होला र कस्तो नेतृत्वको प्याब्सनमा खाँचो छ भन्ने बारेमा प्याब्सनका केन्द्रीय उपाध्यक्ष तथा प्रचार संयोजक गोपाल प्रसाद आचार्यसँग खबर एजुकेसनले गरेकोे संवाद ।
प्याब्सनको १५ औँ राष्ट्रिय महाधिवेशनमा तपाइको उम्मेदवारी कुन पदका लागि हुनेछ ?
प्याब्सनको १५ औँ राष्ट्रिय महाधिवेशन आइरहेको अवस्था छ । यसपालि विगतका महाधिवेशन भन्दा फरक, भव्य, व्यवस्थित र उत्साहप्रदक हुन्छ भन्ने मलाई लागेको छ । यसविचमा धेरै अधुरा रहेका कामहरु प्याब्सनले गरेको छ । प्याब्सन आफ्नै स्थायी भवनमा सरेको छ, विधान संशोधन गर्ने लगायतका धेरै राम्रा कामहरु गरेको हिसावले पनि यसपालिको महाधिवेशन सभ्य र भव्य हुन्छ भन्नेमा ढुक्क छु ।
शिक्षा निती , पाठ्यक्रम, परीक्षा प्रणाली लगायतका अरु धेरै मुद्दाहरु पनि अझै बाँकी छन् । यी सबै मुद्दाहरुमा प्याब्सनले निर्णयक भूमिका खेल्नै पर्छ । त्यसैले पनि मैले आफुलाई सक्रिय नै राख्नु पर्छ भन्ने निचोडमा पुगेको छु । प्याब्सनमा अवद्ध भएका देश भरका साथिहरुले पनि तपाइ अगाडी बढ्नु पर्छ भनेर मलाई भनिरहेको अवस्था छ । यसअर्थमा मैले आफुलाई आउँदै गरेको १५ औं राष्ट्रिय महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने निर्णय गरेको छु । प्याब्सनको वरिष्ठ उपाध्यक्ष भएर प्याब्सनलाई सक्रिय रुपमा अगाडी बढाउन, शैक्षिक विकासका निम्ति लाग्ने मेरो निष्कर्ष हो ।
वरीष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्ने संघारमा उभिदँै गर्दा प्याब्सनलाई अगाडी बढाउने तपाइका योजना के के छन् ?
प्याब्सन भनेको वौद्धिक व्यात्तिहरु भएको संस्था हो । यसको नेतृत्व पनि एकेडेमिक भएको व्याक्तिनै हुन जरुरी छ । एकाडेमिसियनहरु कै वर्चस्व प्याब्सनमा हुनुपर्छ न की अरु बिजनेसलाई प्रमोट गर्ने गरेका मान्छेहरु नहुन् । यस्तोखालको परिस्थितिमा हामीले शैक्षिक क्षेत्रमा अझै धेरै काम गर्न बाँकी छन् ।
अन्तराष्ट्रिय स्तरको नेपालको शिक्षा बनाउनका निम्ति अझै परीक्षा प्रणालिमा सुधार गर्नुपर्ने देखिन्छ । पाठ्यक्रम, विद्यार्थीहरुको संस्कार लगाएत गर्नुपर्ने सुधारहरु धेरै छन् । विद्यार्थीलाई गरीखान सक्ने सिपयुक्त शिक्षा र अहिलेको प्रविधिलाई आत्मसाथ गर्ने गरी शिक्षा दिन सकेनौँ भने हामीले विदेश पठाउनका निम्ति विद्यार्थीलाई तयार गरे जस्तो देखिने भयो । यी कुराहरुलाई व्यवस्थित गर्ने मेरो लक्ष्य हो । साथै मैले यहीँ क्षेत्रमा लामो समयसम्म अभ्यास गरीरहेको अवस्था छ । त्यसकारण अन्तराष्ट्रिय स्तरको दक्ष जनशक्ति उत्पादन गर्नका निम्ति के के गर्नुपर्छ, त्यसका लागि म आफै लागेको हुनाले पनि प्याब्सनमा यस्ता कुराहरुलाई परिवर्तनका लागि म लग्ने छु ।
पछिल्लो समय प्याब्सनले गरेको राष्ट्रिय स्तरको परीक्षालाई हेर्ने हो भने पनि विगतमा जुन हिसाबा परक्षिा सञ्चालन हुने गर्थे त्यो भन्दा निकै राम्रो व्यावस्थित तरीकाले सञ्चालन गरेका छौँ । त्यो मैले मात्र हैन धेरै प्याब्सनमा आवद्ध भएका साथिहरुले भनेका कुरा हुन् । यो मात्रै हैन विद्यालयमा गरेको लगानि सुरक्षा, सार्वजनिक विद्यालय र निजी विद्यालयहरु विचको विभेदका विषय, सार्वजनिक विद्यालय र निजी विद्यालयमा पढ्ने विद्यार्थीविच गरीएको विभेद अन्त्य गर्नका निम्ति मेरो सशक्त प्रयास हुनेछ । त्यसका लागि मेरो उम्मेदवारी वरिष्ठ उपाध्यक्षमा हो ।
निजी विद्यालयहरुलाई नितीगत चुनौतिहरु धेरै छन् तपाई भनेकैले पदमा पुग्नु भयो भने यसमा तपाइको भूमिका कस्तो रहन्छ ?
समाजबाद उन्मुख अहिलेको संविधान बनेको अवस्था छ र सबै दल पार्टिहरुले यसलाई स्विकारेका छन् । संविधानमा उल्लेख भए अनुसारको समाजवादमा पुग्दा यि विद्यालयहरु कहाँ हुन्छन भन्ने पनि धारणा छ । यसमा मेरो प्रष्ट धारणा के छ भने भोलि हामी त्यो समाजवादमा पुग्दा पनि नेपाली समाज वर्गिय नै हुन्छ र जाहाँ वर्गिय समाज छ त्याहा निजी क्षेत्रको उस्थिति हुन्छ र लिबरल इकोनोमि यसको बाटो बन्न सक्छ । यसलाई तोडेर सबै राज्यले गर्न सक्छ भन्ने कुरा अबको समाजवादमा पनि हुँदैन । यसको उदाहरणको रुपमा चाइना लगायत विकसित देशहरुलाई लिन सकिन्छ त्याहाँ पनि प्राइभेट सेक्टरका विद्यालयहरु छन् ।
अर्कोतर्फ प्राइभेट स्कुलहरु भनेको राष्ट्रको परीपुरक अंगका रुपमा रहेर अगाडी बढेका छन् र पछि सम्म यो निरन्तर अगाडी बढ्छ । त्यसकारणले मेरो नितीगत सवालहरुमा सक्रिय रुपमा समन्वयकारी भुमिका रहन्छ ।
निजी विद्यालयहरु विचमा पनि विभेदका कुरा उठ्ने गरेका छन् तपाइलाई यस्तो लाग्छ ?
यो सोचमा कमजोरी देखिन्छ र यसमा मेरो वैग्ले बुझाइ छ । जतिसुकै स्तरीय भएपनि मन्टस्वरी चलाएको छ भने त्यो सानै हो । जस्ले ८ कक्षासम्म सञ्चालन गरेको छ त्यो मध्यमखालकोमा पर्छ र जस्ले १० कक्षा वा १२ कक्षासम्म सञ्चालन गरेको छ त्यो माध्यामिक विद्यालय हो र ठुलो स्कुल हो ।
तर, विद्यार्थीको संख्या र भवनलाई हेरेर स्तर निर्धाण गरीएको छ भने त्यो साँेचको कम्जोरी हो । यसर्थ सबैलाई समान दृष्टिकोणबाट हेरीनु पर्छ । सबैको हितमा प्याब्सनले काम गर्नुपर्छ ।
आउँदै गरेको महाधिवेशनमा प्यानल देखिन्छ की व्याक्तिगत उम्मेदवार हुन्छ ? अथवा घोषणा गर्दा व्याक्तिगत गर्ने र निर्वाचनमा जाँदा भोट माग्दा भित्रिरुपमा प्यानल हुने सम्भावन छ की छैन ?
शैक्षिक क्षेत्रको संगठन भएको हुनाले प्यानल भनेर जाँदा यसले धेरै विकृति ल्याउने देखियो । त्यसकारणले प्यानल बनाएर जान हुँदैन भन्ने कुरा अलि अलि कता कता प्याब्सनको विधानमा छिरेको छ । यस भन्दा अगाडी यस्तो थिएन । त्यसकारण समुहगत ढंगले भन्दा पनि व्याक्ति गत तरीकाबाट जाउँ तर बाहिर प्रचारप्रसार नगरी भित्र भित्रै मिल्ने साथिहरुको विचमा सहकार्य गर्न केहीले पनि छेक्दैन ।
त्यसो भए प्रचारप्रसार गर्दा व्यक्तिगत गर्ने तर भित्रि रुपमा समुह नै बनाएर जानुहुन्छ ?
पहिलो कुरा भनेको पार्टिगत रुपमा जुनसुकै विचारबाट आएको मान्छे भएपनि उसले निजी विद्यालयको निती सिद्धान्त भित्र उ छ कि छैन भन्ने कुरा मुख्य कुरा हो । विद्यालयको हकहितकालागि काम गरेको छ कि छैन, विद्यार्थीसँग उ सँगै छ कि छैन अथवा एक दुइलाख विद्यालयमा लगानि गरेर प्याब्सनमा राजनीति गर्न आएको पनि कता कता देखिएको छ । हामी यसलाई निरुत्साहित गर्ने पक्षमा छौँ र आफ्नो विद्यालयमा सक्रिय भएर काम गरेको मान्छे नै प्याब्सनमा आउनु पर्छ भन्ने मेरो धारणा हो ।
विद्यालयमा लगानि गरेर प्याब्सनमा राजनीति गर्न आएको मान्छेले प्याब्सनका मुद्दामा लड्न त कहाँ हो कहाँ विद्यालयको लागि केहि गर्न सक्दैन । जस्ले विद्यालयमा नै काम गरेर त्यहिँबाट दाल भात खाएको छ, रोजिरोटि बनाएको छ, त्यस्ता मान्छे प्याब्सनका मुद्दाहरुमा सक्रिय भएर लड्न सक्छ । त्यसकारण मैले भने जस्तै विचार मिल्ने साथिहरुसँग भोलि महाधिवेशनमा जाँदा मिलेर जाने योजनामा छौँ । यस्तै विचार भएका साथिहरुसँग अध्यक्ष देखि लिएर तलै सम्मका पदहरुमा पनि सहमति गर्न सकिन्छ ।
भनेपछि सर्वसहमति हुने सम्भावना देख्नु भएको छैन ?
सम्भावना अझै टरेको छैन । सर्वसहमति पनि हुन सक्छ । तर अहिले आ–आफ्ना किसिमका आकांक्षाहरु प्रष्फुटन हुन थालेका छन् । दुइ गते नोमिनेसन हुँदै छ । त्यसपछि क–कस्ले के के मा नोमिनेसन दिए भन्ने आउँछ । त्यसपछि पनि विगतमा जस्तै सहमतिको प्रयास हुनसक्छ । तर म यसमा बसेर काम गर्न काबिल छु, म गर्न सक्छु भनेर साथिहरु बढेको देखिन्छ । त्यसको वरीपरीमा रहेर म पनि अगाडि बढेको छु ।
भोलि सर्वसहमति हुने अवस्था आयो र वरिष्ठ उपाध्यक्ष छोड्न प¥यो भने तयार हुनुहुन्छ ?
मैले घमण्ड नगरी भन्नु पर्दा म बाहेक वरिष्ठ उपाध्यक्षमा आउने काबिल उम्मेदवार देखेको छैन । घमण्ड गरे जस्तो होला तर सर्वसम्मत भएपनि चुनाव भएपनि अहिले बरीष्ठ उपाध्यक्षमा आउने उम्मेदवार गोपाल आचार्य नै हो । धेरै साथिहरुको विचारमा पनि यहि छ ।
अन्त्यमा के भन्न चाहानु हुन्छ ?
देशै भरीका साथिहरुलाई म के भन्न चाहान्छु भने तपाइहरुले सबैको नाडी छामी सक्नु भएको छ । अहिले नेतृत्वमा अगाडि बढ्न खोजेका पाँच,सात जना जुन मान्छेहरुलाई देखि राख्नु भएको छ उहाँहरुलाई बुझि सक्नु भएको छ । उहाँहरुको विचार, काम गर्ने तरीका हेरी सक्नु भएको छ । त्यसकारण महाधिवेशनमा भोट हाल्ने परिस्थितिमा जानु पर्ने भयो भने पनि प्याब्सनको हितमा काम गर्न सक्ने, विद्यालय, विद्यार्थीको हितमा काम गर्न सक्ने र सकारात्मक भावना भएको मान्छेलाई अगाडी बढाउन सकियो भने तपाई हामी सुरक्षित हुन्छौँ ।
होइन भने कुनै न कुनै आग्रह पूर्वाआग्रहबाट कसैका क्षणिक अनावश्यक प्रलोभनबाट केहि साथिहरु आउँदै हुनुहुन्छ, यदी यस्तो प्रवृतिबाट गयो भने प्याब्सनको दुर्भाग्य हुन्छ । सबैले चाहेको खण्डमा सर्वसहमति पनि हुन सक्छ अझै सर्वसहमतिको ढोका बन्द भएको छैन र छलफल पनि चलिरहेको छ ।



