विपन्न लक्षित छात्रवृत्ति वितरण गर्न सबै स्थानीय तहलाई अनुरोध (विद्यार्थीको नाम सहित)

काठमाडौं /२० फागुन-शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विपन्न लक्षित छात्रवृत्ति कार्यक्रम वितरण गर्नका लागि सबै स्थानीय तहहरुलाई आग्रह गरेको छ । केन्द्रले आज एक सूचना जारी गर्दे विपन्न लक्षित छात्रवृत्ति कार्यक्रम वितरणका लागि छात्रवृत्ति प्राप्त गर्न योग्य विद्यार्थीहरुको विवरण सार्वजनिक गरेको छ ।


केन्द्रले ‘कक्षा ९–१२ मा अध्ययनरत विपन्न लक्षित छात्रवृत्ति (प्रो–पुवर टार्गेट स्कलरसीप) का लागि छनोट भएका विद्यार्थीका लागि छात्रवृत्ति (कक्षा ११ र १२ का विज्ञान विषयसमेतका लागि) कार्यक्रम शीर्षकमा एलएमबीआईएस मा प्रविष्टि भई वित्तीय हस्तान्तरण भएकाले सम्बन्धित स्थानीय तहहरुले विपन्न लक्षित छात्रवृत्ति कार्यन्वयन मापदन्ड, २०७८ बमोजिम विवरणमा उल्लेखित विद्यार्थीहरुलाई छात्रवृत्ति रकम उपलब्ध गराउन अनुरोध’ गरेको छ ।

याहाबाट हेर्नुहोस विद्यार्थीको नाम :-

https://cehrd.gov.np/file_data/mediacenter_files/media_file-1-1385527337.pdf