झापाको सुर्योदय स्कुल : विद्यार्थीलाई पाक शिक्षा सिकाउन महोत्सव (फोटो फिचर)

झापा/२० फागुन-झापाको मेची नगरपालिका ६ स्थित सुर्योदय इङ्लिस बोर्डिङ स्कुलले फुड फेस्टिबल कार्यक्रम फागुन १९ गते विहिबार सम्पन्न गरेको छ । स्प्रीङडेल कलेजसँगको सहकार्यमा पहिलो पटक फुड फेस्टिबलको आयोजना गरेको हो ।


पाक शिक्षा जिवनका लागि चाहिने अनिवार्य शिक्षा रहेको र विद्यार्थीहरुमा पाक शिक्षाको विकास गर्न तथा विद्यार्थीहरुसँग भएको सिपलाई तिखार्न उक्त फुड फेस्टिबलको आयोजना गरिएको विद्यालयका प्रिन्सिपल शिव मैनालीले बताए ।


विद्यालय प्राङगणमा रहेका ९ वटा स्टलमा ३० भन्दा बढी खानाका परिकारहरु राखेर उक्त फेस्टिबलको आयोजना गरिएको थियो । सबै खानाका परिकारहरु विद्यालयमा कक्षा ९ देखि १२ मा अध्ययनरत विद्यार्थीहरुले आफै बनाएका थिए ।


फुड फेस्टिबल संगै ओपन माइक सो पनि राखिएको थियो । ओपन माइक सो मा आयोजक विद्यालय तथा अन्य विद्यालयका शिक्षक तथा विद्यार्थीहरुले आफ्नो सिप प्रदर्शन गरेका थिए ।


कार्यक्रममा करिब २५ सय अभिभावक र अन्य व्याक्तिहरुको उपस्थित रहेको बताउँदै आगामि दिनमा विद्यार्थीको सिप झल्काउने कार्यक्रमहरु सञ्चालन गरिने विद्यालयले जनाएको छ ।