शैक्षिक परामर्शको धरौटी : शिक्षा मन्त्रालयलाई दोषी देखाउँदै उम्किन खोज्दै

काठमाडौं/२५ माघ–शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्श तथा भाषा शिक्षण (सञ्चालन र नियमन) नियमावली २०७८ मा शैक्षिक परामर्श सञ्चालनका लागि धरौटी राखनुपर्ने प्रक्रियालाई अगाडी बढाएको छ । शैक्षिक परामर्श संस्थाहरुलाई सञ्चालन र नियमन गर्नका लाागि नियमावली मार्फत अनिवार्य धरौटी राख्नुपर्ने प्रावधान सहित प्रक्रियालाई अगाडी बढाएको हो ।


अहिले शैक्षिक परामर्श तथा भाषा शिक्षण (सञ्चालन र नियमन) नियमावली २०७८ को ड्राफ्ट तयार भएर केही सवालमा छलफल भइरहेको र कानुनी आधार,कानुनी दृष्टिकोणबाट हेर्ने काम भइरहेको छ । स्रोतले बताए अनुसार शैक्षिक नियमावलीकोे ड्राफ्ट तयार भए पनि केही विषय जटील र गम्भिर भएका कारण छलफल हुने काम भइरहेको साथसाथैमा त्यसका लागि कानुनी आधारहरु के के हुन सक्छन् हेर्ने काम भइरहेको जनाएको छ ।


ड्राफ्टमा उल्लेख भए अनुसार अनुसूची ३ अन्तर्गत धरौटी, अनुमतिपत्र तथा नवीकरण दस्तुर निर्धारण गरीएको छ । जसमा शैक्षिक परामर्श सेवा ( एक वा प्रत्येक प्रदेशमा एक एक गरी सात स्थान सम्म) धरौटी एक करोड, अनुमतिपत्र दस्तुर ५० हजार र नवीकरण दस्तुर २५ हजार उल्लेख गरएिको छ ।


विदेशमा उच्च शिक्षाको लागि वा स्वदेशमा उच्च शिक्षाको लागि विदेशीलाई तयारी कक्षाको सञ्चालनको हकमा धरौटी ५० लाख, अनुमतिपत्र दस्तुर ५० हजार र नवीकरण दस्तुर २५ हजार राखिएको छ । त्यसैगरी भाषा शिक्षण सेवा ( प्रत्येक प्रदेशमा एक एक गरी सात प्रदेशसम्म) को लागि धरौटी ५० लाख, अनुमतिपत्र दस्तुर ५० हजार र नवीकरण दस्तुर २५ हजार राखिएको ड्राफ्टमा उल्लेख छ ।


यसमा शैक्षिक परामर्श दातृ संस्थाहरुले नगद राख्नुपर्ने वा धरौटी दस्तुर वापत ‘क’ वर्गको बैंकबाट जारी भएको बैंक जमानत हुनुपर्ने प्रावधान गरेको छ । योसँगै अब बन्ने नियमावलीले शैक्षिक परामर्श संस्थाहरु केन्द्रीय सरकार अन्तर्गत रहने व्यावस्था गर्ने भएको छ । उच्च अध्ययनमा विदेश जाने विद्यार्थीका लागि परामर्श दिने संस्थाहरुलाई नियमन गर्ने, अनुगमन गर्ने, मापदण्ड निर्धारण गर्ने लगायतका सबै केन्द्रीय सरकार अन्तर्गत हुनेछ ।

विदेशी मुद्राको सटहि, शैक्षिक प्रमाण पत्रको समकक्षता र प्रमाणिकरण, कुटनितिक नियोगसँगको सञ्चार समन्वय, भिषा प्रक्रिया तगायतका विषयमा प्रदेश सरकार र स्थानीय तहलाई कानुनी अधिकार नरहेका कारण शैक्षिक परामर्श संस्थाहरुलाई केन्द्रीय सरकार अन्तर्गत राख्ने गरी प्रक्रिया अगाडी बढाइएको छ । यो सँगै विदेशी विद्यार्थी , भाषा पढाउन आउने विदेशी प्रशिक्षकहरुको श्रम स्विकृती पनि केन्द्रीय सरकार अन्तर्गत हुनेछ ।


धरौटीको सवालमा खबर एजुकेसनले माघ २१ गते समाचार प्रकाशित गरेको थियो । समाचार प्रकाशित भएपछि संगठनका केहि व्याक्तिहरुले आफुहरुसँग कुनै छलफलनै नभएको बताउँदै आएका छन् । तर नियमावली बनाउँदा शैक्षिक परामर्श संस्थाहरुका छाता संगठनका नेतृत्वहरुसँग छलफल गरेर नै नियमावली तयार गरेको शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखाका उपसचिव इश्वरप्रसाद ज्ञावलीले खबर एजुकेशन बहसमा बताएका छन् । धरौटीको विषयलाई लिएर नयाँ दर्ता हुने शैक्षिक परामर्श संस्थाहरुलाई केही व्यक्तिहरुले रोक्न खोजेको आफुले पनि सुनेको बहसकै क्रममा बताए । यस्ता समस्याहरुलाई पनि छलफलकै क्रममा राखिएको र आगामि बैठकमा छलफल गरीने उनले जानकारी दिए ।


नियमावलीमा धरौटी उल्लेख गरीएको र ड्राफ्ट रहेका कारण छलफलकै प्रक्रियामा रहेको र त्यसको अन्तिम रुपदिन बाँकी रहेको बताउदै धरौटी यतिनै राखिएको छ भन्ने कुरा खुलाउन चाहेनन् । उनले शैक्षिक परामर्श संस्थाका सञ्चालकहरुसँग नियमित सम्पर्कमा रहेको र कतिपय शैक्षिक परामर्श संस्थाका प्रतिनिधि, शैक्षिक परामर्श संगठनका अध्यक्ष तगायतका व्यक्तिहरुसँग आनौपचारीक रुपमा छलफल भइरहेको र उहाँहरुका कुरा राम्रोसँग सुनेर केकति कुरालाई समावेश गर्नसक्छौ त्यसलाई राखेर ड्राफ्ट तयार भएको बताए । साथै ड्राफ्ट बनाउँदा दुईजना कर्मचारी मात्र बसेर एकोहोरो रुपमा नबनाईएको प्रष्ट पारे । विगतमा भएका विभिन्न घटना र समस्याहरुबाट पाठ सिकेको कारण ति कुराहरुलाई समावेश गर्न खोजिएको उनको भनाई छ । शिक्षा मन्त्रालयमा समन्वय समिति भएको र समन्वय समितिमा सबै कुरा भनिएको समेत जानकारी दिए ।


योसँगै निर्देशिकाबारे शैक्षिक परामर्श संगठनका केही व्याक्तिहरुसँग वेग्लावेग्लै राय लिइएको, नियमावलीका बारे प्रष्ट रुपमा जानकारी गराइएको मन्त्रालयल स्रोतले जनाएको छ । स्रोतले भन्यो “हामीले सरोकारवाला संगठनका व्याक्तिहरुसँग वेग्लावेग्लै राय लिइसकेका छौं । उहाँहरुले नियमावलीको बारेमा जानकारी गराउँदा धरौटीको बारेमा पनि प्रष्ट भनेका छौ ।”

स्रोतका अनुसार धरौटीका बारेमा शैक्षिक परामर्श संगठनका केही व्याक्ति र सञ्चालकहरुले धरौटीको सवालमा चुपचाप बसेको जनाएको छ । उनिहरु मन्त्रालयसँगको अनौपचारीक छलफलहरुमा समेत धरौटी जति राखेपनि आफुहरुलाई फरक नपर्ने तर संगठनमा समुहसँग मिल्नुपर्ने भएकाले विरोध गरेजस्तो गर्नुपर्ने हाम्रो बाध्यता हो भन्ने गरेको स्रोतले बताएको छ ।
आफ्नो संस्था स्थापित भएको अरुको भन्दा ठुलो रहेको भन्दै धरौटीले व्यात्तिगत रुपमा कुनै असर नपर्ने भन्दै खुलेर करा गर्ने गरेको समेत स्रोतको दाबि छ । स्रोतले भन्यो “आश्चर्य नमान्नु होला हामिसँग धरौटिको समर्थन गर्ने ले भोलि संगठनबाट विरोध गरे जस्तो पनि यिनिहरुले नै गर्ने छन् ।”


शैक्षिक परामर्शका केहि व्याक्तिका यस्ता गतिविधिले शैक्षिक परामर्श क्षेत्रलाई अस्तव्यास्त बनाइराखेको देखिन्छ जस्ले गर्दा यसको असरमा मझौला र साना शैक्षिक परामर्श संस्थाहरु र विद्यार्थी,अभिभावकहरु परेको देखिन्छ । आफ्ना स्वार्थ पुरा गर्ने उदेश्यले शैक्षिक परामर्श क्षेत्रका समस्या जस्ताको तेस्तै राख्ने र जहिले पनि हरेक समस्यालाई शिक्षा मन्त्रालय र शिक्षा मन्त्रालयका कर्मचारीलाई दोष देखाउने र उनीहरुकै टाउकोमा दोष हाल्दै उम्किने गरेका छन् । मन्त्रालयको छलफलमा बस्दा समेत यस्ता कुराबाट भाग्न खोज्ने र शैक्षिक परामर्श विचमै एक अर्कालाई दोष देखाउँदै उम्किने गरेको समेत देखिएको छ ।


खबर एजुकेसन अनलाईनले विगतका वर्ष देखिनै शैक्षिक परामर्श व्यावस्थापन गर्नुपर्ने, नवीकरण सावलका विषयमा र समग्र व्यावसायीका समस्या मन्त्रालयमा भन्दै आएको र समाचार लेख्दै आएको छ ।