काठमाडौं /२४ माघ- गृह मन्त्रालय विदेश अध्ययनमा जाने विद्यार्थीहरुलाई सम्बन्धित देश र उक्त देशका शैक्षिक प्रकृया पुरा गरेर मात्र अध्ययनका लागि जान आग्रह गरेको छ । विदेश जाँदा सम्बिन्धित देश, शैक्षिक संस्थाहरुले निर्धारण गरेको प्रक्रिया पूरा नगरी जाने, उक्त देशमा गई अलपत्र पर्ने तथा कतिपय अवस्थामा नेपालमै फिर्ता हुने घट्ना सार्थै गुनासा आएकाले प्रकृया पुरा गरेर मात्र अध्ययनका लागि जान आग्रह गरेको हो ।
गृह मन्त्रालयले बेलायत गएका विद्यार्थीहरु अलपत्र पर्ने गरेको, बेलायत पुगेर विश्वविद्यालयमा भर्ना नभई शरण मागेर बसेको, इमिग्रेशनबाटै फिर्ता भएको लगायत विभिन्न देशमा गएका विद्यार्थीहरुको गुनासो आउन थलेपछि प्रकृया पुरा गरेर मात्र अध्ययनका लागि जान आग्रह गरेको जनाएको छ ।
त्यसैगरी इजाजतपत्र नलिई अनधिकृत रुपमा सञ्चालन भएका शैक्षिक परामर्शतादा संस्थाहरु, अनधिकृत रुपमा इजाजत नलिई अनलाइन रुपमा विज्ञापन गर्ने शैक्षिक संस्थाहरु र अवैध रुपमा विदेशस्थित विभिन्न देशका शैक्षिक संस्थाहरुको प्रतिनिधिका रुपमा कार्य गर्ने व्याक्तिहरु उपर सरकारले निगरानी गरिरहेको जनाएको छ ।
मन्त्रालय विज्ञप्ति जारी गर्दे गैरकानुनी रुपमा काम गरेको संस्थाहरु, व्याक्तिहरु उपर सम्बन्धित व्याक्तिले नेपालमा भए जिल्ला प्रशासन कार्यलय वा नजिकको प्रहरी कार्यलय र विदेशमा भए विदेशस्थित नेपाली नियोगहरुमा जानकारी दिन भनिएको छ ।
साथै नेपाल सरकारलाई जानकारी नगराई गतिविधि सञ्चालन गरेको पाइएमा संलग्न संस्था, समूह र व्याक्ति प्रचलित कानूनबमोजिम कारबाही गरीने जनाएको छ ।
बेलायतमा अलपत्र परेका विद्यार्थीहरुको बारेमा खबर एजुकेसन अनलाइन मिडियाले आइतबार बेलुका बहस सञ्चलन गरेको थियो । साथै विगतका वर्षहरु देखिनै नेपालमा बसेर विदेशी विश्वविद्यालयका प्रतिनिधिका रुपमा कामगर्ने संस्था र व्याक्तिहरुका सवालमा समाचार लेख्दै आएको थियो ।




