सिटिइभिटी अन्तर्गतका शिक्षालय माघ १५ देखि २० गतेसम्म खोल्ने निर्णय

काठमाडौं /१४ माघ- सिटिइभिटी माघ १५ गतेदेखि २० गतेसम्म सम्पूर्ण आंगिक, साझेदारी र निजी स्तरामा सञ्चालित शैक्षिक संस्थाहरु खोल्ने निर्णय गरेको छ । परिषद्को विद्यार्थीहरुलाई अभियानका रुपमा खोप दिने प्रायोजनका लागि शैक्षिक संस्थाहरु खोल्ने निर्णय गरेको हो ।


उक्त समयमा सबै शिक्षालयहरु खोल्न र स्थानीय तह सँगको समन्वयमा स्वास्थ्य चौकिमा सम्पर्क गरी तोकिएको उमेर समूहका सबै खोप लगाउन बाँकी विद्यार्थीहरुलाई खोप लगाउने व्यावस्था गर्न सिटिइभिटी अन्तर्गतका शैक्षिक संस्थाहरुलाई निर्देशन दिएको छ ।


साथै विद्यार्थीहरुले खोप लगाएको सूनिश्चितता गर्न र खोप लगाएको विद्यार्थीहरुको नामनामेसी सहितको विवरण अध्यावधिक गर्न समेत सबैलाई भनिएको छ ।