चिकित्सा शिक्षा आयोगका उपाध्यक्षको गाडीमा ढुंगा प्रहार

काठमाडौं /१३ माघ-चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा श्रीकृष्ण गिरी सवार मोटरमा ढुंगा प्रहार भएको छ । संदिग्ध समूहले आज बिहान ११ बजे काँडाघारीबाट अफिस जाँदैगर्दा गाडीमा ढुंगा प्रहार गरी भौतिक आक्रमणको प्रयास भएको हो ।


आयोले एक विज्ञप्ति जारी गरी काँडाघारीबाट अफिस जाँदैगर्दा संदिग्ध समूहले आज बिहान ११ बजे गाडीमा ढुंगा प्रहार गरी जिउज्यान माथि भौतिक आक्रमणको प्रयास हुनुको साथै मोटरमा व्यापक क्षति पुगेको जानकारी दिएको छ । साथै उक्त कार्यमा संलग्न व्यक्तिरसमूहको पहिचान गरी कडा भन्दा कडा कारबाही गर्न माग गरेको छ ।


‘ राष्ट्रिय चिकित्सा ऐन तथा नियमावलीको प्रावधानभित्र रहेर निष्पक्ष र निष्ठापूर्वक उच्च मनोबलका साथ सेवा प्रवाह गरिरहेको अवस्थामा यस प्रकारको जघन्य घटनाको आयोग घोर भर्त्सना गर्दछ’ विज्ञप्तिमा उल्लेख छ ।