समयमै परीक्षा लिन माग राख्दै सिटिइभिटी विरुद्ध विद्यार्थी आन्दोलनमा

जनकपुरधाम/१४ माघ-सिटिइभिटी विरुद्ध विद्यार्थीहरुले जनकपूरधाममा आन्दोलन गरेका छन् । समयमा परीक्षा सञ्चालन नभएको र नतिजा प्रकाशन नभएको भन्दै आन्दोलन गरेको हुन् ।


उनिहरुले कोभिड-१९ का कारण परीक्षा स्थगित गरिए पछि विभिन्न विकल्पबाट भएपनि पूर्व तालिका अनुसार समयमै परीक्षा सञ्चालन गर्न माग राख्दै प्रदेश २ मा रहेकको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् प्रदेश कार्यलय अगाडी आन्दोलन गरेका हुन् ।


विद्यार्थीहरुले स्वास्थ्य मापदण्ड पालना गरी भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न माग गरेका छन् । त्यसैगरी भौतिक उपस्थितिमा सम्भव नभए होम सेन्टर राखेर अथवा अनलाइन माध्यमबाट र त्यो पनि नभए आन्तरिक मुल्याङ्कन गरेर भए पनि परीक्षा समयमै लिन माग गरेका छन् ।


साथै ३ वर्षे कोर्सलाई ५ वर्षे बनाउन खोजिएको आरोप लगाउदै ५ वर्षे कोर्स नबनाउन माग गरेका छन् ।