कास्की /८ माघ-पोखरा विश्वविद्यालयले परीक्षा नियन्त्रण कार्यलयले माग १० गते सोमबार हुने परीक्षा स्थगित नगरिएको जनाएको छ । इन्जिनियरिङ तर्फको माघ ८ गते शनिबार र १० गते सोमबार हुने परीक्षा स्थगित नगरिएको जनाएको हो ।
माग १० गते सोमबार इन्जिनियरिङ तर्फको ड्रोइङ्गको परीक्षा रहेकोमा थोरै विद्यार्थी भएका कारण विद्यार्थी, अभिभावकबाट स्थगित नगर्न आग्रह गरेपछि परीक्षा स्थगित नगरीएको परीक्षा नियन्त्रक डा.तुल्सीराम भण्डारीले खबर एजुकेशनलाई बताए ।
यस विषयमा पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको लेटर हेड र छापको दुरुपयोग गरी परीक्षा स्थगित भएको फेक सूचना निकालिएको र भ्रम फैलाइएको समेत उनले बताए ।
उनले भने “थोरै विद्यार्थी भएका कारण सोमबारको इन्जिनियरिङको परीक्षा स्थगित गरेका छैनाँै । विश्वविद्यालयको लेटर हेड र छाप दुरुपयोग गरी माघ ७ गते गलत सूचना निकालिएको र सामाजिक सञ्जालमा भ्रामक हल्ला फैलाइएको छ । यस्तो भ्रममा नपर्न सबैलाई आग्रह गर्छु ।”




