पोखरा विश्वविद्यालयका परीक्षा भौतिक रुपमै सञ्चालन हुने

कास्की/८ माघ-पोखरा विश्वविद्यालयले विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्नका लागि तयारी गर्न सबै कलेजलाई निर्देशन दिएको छ । फागुन महिना देखि सञ्चालन हुने सम्पूर्ण परीक्षाहरु विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गरीने भएकाले तयारी गर्न सबै कलेजलाई निर्देशन दिएको हो ।


कोरोना संक्रमण फेलिरहेको सन्दर्भमा नेपाल सरकारबाट विश्वविद्यालयबाट सञ्चालन गरीने परीक्षाहरु जनस्वस्थ्य मापदण्ड अपनाई भौतिक रुपमा सञ्चालन गर्न निर्देशन भए अनुसार विश्वविद्यालयले स्नातक तहका सम्पूर्ण कार्यक्रमहरुको परीक्षा भौतिक रुपमा लिने निर्णय गरेको जनाएको छ ।


आगामी फागुन देखि सञ्चालन गरीने स्नतक तहका सम्पूर्ण कार्यक्रमहरुको दोस्रो सेमेस्टर देखि अन्तिम सेमेस्टरसम्मको परीक्षा भौतिक रुपमै सञ्चालन गर्ने योजना रहेकोले सम्पूर्ण कलेजहरुले आन्तिरीक परीक्षाहरु पनि जनस्वास्थ्य मापदण्ड अपनाई भौतिक रुपमा सञ्चालन गर्न निर्देशन दिएको छ ।