माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय (हेर्नुहोस सूचना )

काठमाडौँ /२६ पुस-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सीसीएमसीसीले गरेको सिफारिसलाई कार्यान्वयन गर्ने भएको छ । मन्त्रालयमा आज बसेको बैठकले सीसीएमसीसीको सिफारिसलाई कार्यान्वयन गर्दे माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।


आइतबार बसेको कोभिड–१९ व्यावस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को बैठकले आगामी माघ १५ गतेसम्म देशभरका आधारभूत तथा माध्यामिक विद्यालयहरु बन्द गर्न शिक्षा मन्त्रालयलाई सिफारिश गरेको थियो ।


मन्त्रालयको बेठकले सीसीएमसीसीले गरेको सिफारिसलाई जस्ताको त्यस्तै कार्यान्वयन गर्ने निर्णय गरेको छ ।