काठमाडौं/२६ पुस-शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । रुघा र सामान्य खोकी लागेपछि उनले सोमबार बिहान पीसीआर परीक्षण गर्दा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।
अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको र होम आइसोलेशनमा बस्नुभएको प्रेस संयोजक विमल खड्काले सामाजिक संजाल मार्फत जानकारी गराएका छन् ।
साथै पूर्वनिर्धारित र दैनिक हुने भेटघाटको कार्यक्रम पनि केहीसमयका लागि स्थगित खड्काले जानकारी गराएका छन् ।



