विद्यार्थीलाई एजुकेसन फेयरमै छात्रवृत्ति दिन्छौं

काठमाडौं/२६ पुस-हब इन्टरनेशनल एजुकेसनले प्रत्येक वर्ष एजुकेसन फेयर गर्दे आइरहेको छ । अघिल्लो वर्ष कोभिड-१९ का कारणले एजुकेसन फेयर नगरेपनि यो वर्ष जनवरी ११ मा “ग्राण्ड अष्ट्रेलिया एजुकेसन फेयर २०२२” गर्दै छ । कोरोना महामारीको अवस्था सामान्य हुँदै गएको र अष्ट्रेलियाको बोर्डर खुलेकाले अष्ट्रेलिया अध्ययनमा जाने विद्यार्थीलाई जानकारी दिने उदेश्यले जनवरी ११ मा “ग्राण्ड अष्ट्रेलिया एजुकेसन फेयर २०२२” गर्न लागेको जनाएको छ । फेयरमा अष्ट्रेलियाका २० भन्दा बढी विश्वविद्यालय र कलेजको सहभागिता रहने बताएको छ । यसै सन्दर्भमा रहेर हब इन्टरनेशनल एजुकेसनका अध्यक्ष उद्धव खड्कासँग गरिएको संवाद ।


मेलामा अष्ट्रेलियाका कुन स्तरका विश्वविद्यालय तथा कलेजको सहभागिता रहने छ ?
हाम्रो “ग्राण्ड अष्ट्रेलिया एजुकेसन फेयर २०२२” मा अष्ट्रेलियाका उत्कृष्ट विश्वविद्यालयहरुको सहभागिता रहने छ । त्यसैगरी पछिल्लो समय भेट कलेजमा अष्ट्रेलियान सरकारले अलिबढी उदारता देखाएका कारण मेलामा भेट कलेजहरुको पनि सहभागिता रहने छ । किनभने अहिले भेटमा दुई वर्षको डिप्लोमा कोर्स पढिसकेपछि पोष्ट स्टडि वर्क प्रमिसन दिन लागेको छ । यसले नेपाली विद्यार्थीहरु खुशि पनि छन् ।


यसैलाई मध्यनजर गरेर विश्वविद्यालय तथा कलेजका प्रतिनिधि र विद्यार्थी विच प्रत्यक्ष भेटघाट गरेर पढाई बारे बुुझन, भर्ना गर्न र छात्रवृत्ति लिन सहज होस भन्ने उदेश्यले एजुकेसन फेयर आयोजना गरेका हौं । हाम्रो उदेश्य भनेको विद्यार्थी भेला पार्ने भन्दा पनि विद्यार्थीलाई सहि परामर्श, जानकारी दिनका लागि मेला आयोजना गरेका छौं । यसमा अष्ट्रेलियाका उच्च स्तरका विश्वविद्यालय र कलेजको सहभागिता रहने छ ।

विश्वविद्यालय र कलेजको बारेमा विद्यार्थीले अनलाइनबाट पनि बुझन सक्छन् । हबकै शैक्षिक मेलामा आउनु पर्ने किन ?
विद्यार्थीहरुले भर्चुअलबाट पनि धेरै बुझन सक्छन् नसकिने होइन । अनलाइनबाट सबै जानकारी लिन सकिन्छ तर प्रत्यक्ष भेटले विद्यार्थीलाई शैक्षिक संस्थाबारे जानकारी लिन सहज हुन्छ । धरै कुराहरु प्रष्ट पार्न सकिन्छ । किनभने प्रत्यक्ष भेटले कम्युनिकेसनको ग्याप रहँदैन । तत्काल आफुलाई लागेको कुरा विद्यार्थीहरुले प्रश्न गर्न पाए । विद्यार्थीहरु यस्ता मेलामा आएर खुशि हुँदै जानकारी लिन उत्साहित हुने गरेका छन् । उनिहरुले एउटै समयमा एकै ठाउँबाट धेरै विश्वविद्यालय तथा कलेजका बारेमा जानकारी पाउने हुनाले पनि मेलामा आउन आवश्यक छ ।


अष्ट्रेलियाको बार्डर खुलेसँगै धेरै शैक्षिक मेलाहरु भइरहेका छन् । यस्तो अवस्थामा हबलाई नै विश्वास गरेर मेलामा विद्यार्थी किन आउने ?
जमाना प्रतिस्पर्धि छ र सबैले हामी राम्रो हो भन्नु सामान्य हो । तर अरु भन्दा हामी कुन अर्थमा फरक छौ भने विगत १८ बर्षदेखि अष्ट्रेलिया अध्ययनका लागि निरन्तर विद्यार्थीलाई परामर्श दिदै आएका छौ । विद्यार्थीलाई अष्ट्रेलिया अध्ययन गर्न जानका लागि सहजकर्ताको भुमिका निर्वाह गर्दे आएका छौं । अष्ट्रेलियाका विश्वविद्यालयसँगको सहकार्य र सम्बन्ध स्थापित भएको १६ वर्ष भइसकेको छ ।


अर्को कुरा हामीसँग रहेका काउन्सिलरहरु लामो समयदेखि यसै क्षेत्रमा काम गर्नु भएका अनुभवि छन् । विद्यार्थीलाई दिइने परामर्श, गाईड लाइन र अनुभवले ठुलो अर्थ राख्छ । त्यसकारण जानकारी र परामर्श दिने सवालमा हामी अरु भन्दा फरक छौं । विद्यार्थी हाम्राबाटै जानुपर्छ भन्ने होइन सबै तिर जानकारी लएिर बुझेर जाहाँबाट सहज हुन्छ त्याहिबाट जाँदा हुन्छ । तर सहि जानकारी र परामर्श लिएर जाँदा राम्रो हुन्छ ।


एजुकेसन फेयरमा विद्यार्थीका लागि छात्रवृत्तिको व्यावस्था कस्तो छ ?
मेलाको आर्कषण भनेकै छात्रवृत्ति हो । कति विश्वविद्यालय तथा कलेजले एजुकेसन फेयर मै छात्रवृत्ति दिने गरेका छन् । विद्यार्थी भर्ना हुन योग्य छ र उसको सबै योग्यता पुगेको छ भने तुरुन्त फेयरमै छात्रवृत्ति प्राप्त गर्न सक्छन् । त्यसकारण छात्रवृत्तिका लागि पनि विद्यार्थीलाई मेलाको आवश्यक छ ।

कस्ता विद्यार्थी अष्ट्रेलिया जान पाउँछन् ?
यस बारेमा अहिले नै भन्नु भन्दा पनि विद्यार्थीको क्षमता हेरेर हुन सक्छ । भाषा राम्रो भएका विद्यार्थीहरु अष्ट्रेलिया जान सक्छन् । कसैको राम्रो स्कोर वा एकेडेमिक छ र आर्थिक रुपमा राम्रो छ भने त्यस्तै खालका विश्वविद्यालय वा कलेज जान सक्छन् । कसैको एकेडेमिक स्कोर कम छ भने उनिहरुका लागि त्यसै अनुसारको विश्वविद्यालय वा कलेज रोज्नु पर्छ । त्यसैले यस्ता कुराहरु अहिलेनै भन्नु भन्दा पनि विद्यार्थीसँग प्रत्यक्ष कुराकानि गरेर सबै कुरालाई हेरेर मात्र भन्न सकिन्छ ।


मेलामा अन्य के के सुविधा विद्यार्थीले पाउनेछन् ?
हामीसँग आईईएलटीएस पर्टनरको रुपमा ब्रिटिस काउन्सिल रहेको छ । ब्रिटिस काउन्सिलले आईईएलटीएसको महत्व यसको मान्यताका बारेमा जानकारी दिनेछ । त्यस्तै बैङ्कि पार्टनरमा माछापुच्छ्रे बैंक छ । माछापुच्छ्रे बैंकले विदेश अध्ययनका लागि पुरा गर्नुपर्ने आर्थिक प्रक्रिया बारे विद्यार्थीलाई जानकारी दिनुका साथै विद्यार्थीहरुलाई सहजिकरण गर्ने छ । त्यस्तै इन्स्योरेन्स पार्टनर अलाईन्स् इन्स्योरेन्स अस्ट्रेलिया रहेको छ । मेलामा उपस्थित विद्यार्थीहरुलाई लक्किड्र मार्फत एउटा ल्यापटप, स्मार्ट व्याग र स्मार्ट वाच उपलब्ध गराइने छ ।