भर्चुअल एडुफेयर २०२२’को क्वीज प्रतियोगिता आज ४ बजे हुने

काठमाडौं/२४ पुस- १९ गतेदेखि सुरु भएको चौथो ‘भर्चुअल एडुफेयर २०२२’ले विभिन्न कार्यक्रम अन्तर्गत आज क्वीज कार्यक्रम सञ्चालन गर्ने भएको छ । शनिबार दिउँसो ४ बजे सुरु हुने खुला क्वीज प्रतियोगितामा सबै क्षेत्रका व्यक्तिहरु सहभागी हुन सक्नेछन् ।


भर्चअल रुपमा सञ्चालन हुने क्वीज प्रतियोगितामा इच्छुक शिक्षक, विद्यार्थी, अभिवाकहरुले दिउँसो ठिक ४ बजे भर्चुअल एडुफेयरको फेजबुक फेजमा भ्रमण गरी सहभागी हुन सक्नुहुने छ ।


प्रतिस्पर्धामा उत्कृष्ट २० जनालाई नगद रु २० हजार बराबरको पुरस्कारको व्यवस्था गरिएको छ । भने ब्याचलर पढ्ने विद्यार्थीहरुलाई विभिन्न कलेजमा ४० लाख बराबरको छात्राबृत्तिको व्यवस्था समेत गरिएको छ । उक्त प्रतियोगिताको आयोजना हिसान,ओपन र एकोनको सहयोगमा भर्चुअल एडुफेयरले गरेको हो ।


देशकै सबैभन्दा ठूलो भर्चुअल शैक्षिक मेलाको रुपमा चिनिएको ‘भर्चुअल एडुफेयर १५ दिन सम्म भर्चुअल रुपमा सञ्चालन हुनेछ । १२ कक्षा उतिर्ण विद्यार्थीहरुलाई उच्च शिक्षाको लागि आवश्यक सुचना तथा परामर्श दिइने उदेश्यले उक्त मेला सञ्चालन भइरहेको आयोजकले जनाएको छ ।


‘भर्चुअल एडुफेयर २०२२’मा उपत्यका भित्र र बाहिरका १०० भन्दा धेरै कलेजको बारेमा जानकारी प्राप्त गर्न सकिने छ । जसको प्रत्यक्ष फाइदा १२ कक्षा उतिर्ण विद्यार्थीहरुले लिन सक्ने छन् । कलेज रिर्डस म्यागजिनले ‘भर्चुअल एडुफेयर २०२२’मा ५ करोड बराबरको छात्राबृतिको समेत व्यवस्था गरेको छ ।