प्याब्सन काठमाडौंको १५ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं/३ माघ– निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) काठमाडौंको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
बिहीबार एक कार्यक्रमको आयोजना गर्दै १५ औं वार्षिक साधारण सभा सम्पन्न गरिएको हो ।
प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरीको प्रमुख आतिथ्यतामा आयोजना भएको उक्त कार्यक्रममा प्याब्सनका केन्द्रीय प्याब्सनका वरिष्ठ उपाध्यक्ष राजेन्द्र बानिया, महासचिव कुमार घिमिरे, प्याब्सन काठमाडौं अन्तर्गत रहेका विभिन्न विद्यालयका प्रधानाध्यापक लगायत शिक्षासँग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेका थिए ।
पानसमा दीप प्रज्वलन गरी प्रमुख अतिथि पुरीले कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए । कार्यक्रममा प्याब्सन काठमाडौंका अध्यक्ष हरिकृष्ण श्रेष्ठले वित्तिय कारोबार तथा वार्षिक गतिविधिको बारेमा जानकारी गराइएका थिए । उनले निजी क्षेत्रमा देखिएका विभिन्न विभेदकारी नीतिगत समस्याका लागि सांगठनिक रुपमा एक हुनुपर्ने कुरामा जोड दिए । एकताबद्ध ढंगले अगाडि बढेमा निजी विद्यालयलाई रक्षा गर्न सकिने उनले बताए । केन्द्रीय प्याब्सनको वर्तमान नेतृत्वले लगानीको स्वमित्व रक्षा गर्न सफल भएको उनको भनाई छ । निजी विद्यालयको शैक्षिक कर १ प्रतिशत खारेज गर्न सफल भएकोमा वर्तमान केन्द्रीय प्याब्सनका प्रशंसा समेत गरे ।