कर्णाली प्रदेश सरकारले दुःख दियो : उपकुलपति सिंह

सुर्खेत/१३ पुस-कर्णाली प्रदेश सरकारले विश्वविद्यालयलाई दिने भनेको रकम नदिए पछि उपकुलपति प्रा. डा.नन्दबहादुर सिंहल आक्राशित भएका छन् । प्रदेश सरकारले मध्यपश्चिम विश्वविद्यालयलाई सुरुमा १० करोड रकम दिने भनेर घोषणा गरे पनि नौ महिनासम्म दुःख दिएको भन्दै आक्रोशित भएका हुन् ।


सोमबार विश्वविद्यालयको विगत दुई वर्षको गतिविधिबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा उनले प्रदेश सरकारप्रति हुँदै भने ‘प्रदेश सरकारले के गर्न खोजेको हो ? १० करोड दियो, ९ महिना मलाई र मेरो रजिष्टारलाई दुःख दियो । के–के खोजेका हुन ? पैसा नदिने अनि खर्च गर्न सकेन् भनेर पोलिटिकल भाषा प्रयोग गर्ने ?’


सिंहले विश्वविद्यालयलाई बनाउनका लागि सबैले सहयोग गर्नुपर्ने बताए । बजेट खर्च गर्न आफुहरु सक्षम भएको बताउँदै गलत तरिकाले रकम दिने र दुःख दिने काम गर्न नहुने समेत तर्क दिए । साथै विश्वविद्यालय बनाउनलाई सरकारले भनेको कुरा उपलब्ध गराउनुपर्ने बताए ।


कर्णाली प्रदेश सरकारसले नौ महिना घुमाएर नचाहिँदो तलमाथि कुरा गरेर दुःख दिएको र यस विषयमा आफुले कुरा गर्ने जानकारी दिएका छन् । प्रदेश भित्र एउटा पनि औद्योगिक क्षेत्र नरहेको जानकारी दिदै अब विश्वविद्यालयले उद्योग खोल्ने बताए ।

त्यसैगरी मध्यपश्चिम विश्वविद्यालयले विभिन्न क्षेत्रका ४० जनालाई १५ विधामा ‘एमयु अवार्ड’ दिने घोषणा गरेको छ । विश्वविद्यालयमा कार्यरत प्राध्यापक तथा कर्मचारी, सुरक्षा गार्ड र अध्ययनरत विद्यार्थीलाई हौसला प्रदान गर्न अवार्ड स्थापना गरिएको जनाएको छ ।


सबैभन्दा बढी ५५ हजार राशिको एमयु कुलपति अवार्ड रहेको छ । त्यस्तै सङ्कायगत कार्यक्षमता अवार्ड ३ लाख ५० हजार राशिको रहेको छ । उक्त, रकम सम्बन्धित सङ्कायले शैक्षिक गतिविधिका लागि खर्च गर्नेछन् ।


एमयु कुलपति अवार्ड, एमयु पारदर्शिता र भ्रष्ट्राचार विरुद्धको उपकुलपति अवार्ड, एमयु ‘गेम चेन्ज’ एम्बेष्टर अवार्ड, उपकुलपति विद्यार्थी अवार्ड, उत्कृष्ट रिसर्चर अवार्ड, सङ्कायगत क्षेत्र अवार्ड, क्याम्पस इन्स्टिच्युट र स्कुल पफर्मेन्स अवार्ड, संस्थागत स्वच्छता र सुन्दर अवार्ड, एमयु अन्तर्राष्ट्रिय प्रोफेसर अवार्ड, एमयु अन्तर्राष्ट्रिय विद्यार्थी अवार्ड, अन्तरशंकाय प्रोफेसनल अवार्ड, एमयु पङ्च्वालिटी अवार्ड, एमयु इमान्दारीता अवार्ड, खोज तथा प्रकाशन अवार्ड, उत्कृष्ट डिन अवार्ड रहेका छन् ।