एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको राष्ट्रिय महाधिवेशन चैतमा

झापा/२ पुस-नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको आगामी चैत २२ देखि २४ सम्म महाधिवेशन हुने भएको छ । त्यस्तै अनेरास्ववियुले राष्ट्रिय महाधिवेशनअघि फागुन ७ र ८ गते विधान महाधिवेशन हुने जनाएको छ ।


झापाको विर्तामोडमा सम्पन्न केन्द्रीय सचिवालय कमिटीको बैठकले महाधिवेशनका लागि विभिन्न समितिहरु समेत गठन गरेको छ । बैठकले माघ १० देखि २६ गतेभित्र सबै प्रदेश अधिवेशन सम्पन्न गर्ने निर्णय समेत गरेको छ ।


अध्यक्ष सुनिता बरालको संयोजकत्वमा राजनीतिक प्रतिवेदन लेखन समिति, बरिष्ठ उपाध्यक्ष आरसी लामिछानेको नेतृत्वमा मूल व्यवस्थापन समिति, उपाध्यक्ष झपिन्द्र खत्रीको नेतृत्वमा शैक्षिक मुद्दा प्रतिवेदन लेखन समिति र महासचिव समिक बडालको नेतृत्वमा विधान मस्यौदा उपसमिति गठन भएको छ ।