चितवन/१२ पुस-पुसको जाडो पारीलो घाम, विद्यालयको विचमा दुवो सहितको मैदान, मैदानमा गोलो गरेर बसेका साना साना बालबालिका, अनि विद्यार्थीको गोलवद्ध भित्र नाच्दै गाउँदै पढाउँदै गरेकी राजकुमारी मिस ।
यो दृश्य हो भरतपुर नगरपालिका १९ शारदा नगरमा रहेको सारदा माध्यामिक विद्यालयको । साथै नर्सरी, के.जी का विद्यार्थीलाई पढाउँदै गरेकी राजकुमारी गुरुङको ।
गुरुङले गणित, विज्ञान, नेपाली र अंग्रेजी विषयलाई गीतको लयबाट पढाउने गरेको बताइन । उनले भनिन् “रेडियो, टिभी, युटुव लगायतबाट खोजेर विद्यार्थीले सुनेको लयमा आफै गित लेखेर पढाउने गर्छु ।”
यसरी आफु नाच्दै, गाउँदै पढाउँदा विद्यार्थीहरुले खुशी भएर सिक्न खोज्ने, छिटो बुझ्ने र ज्ञानि हुने उनको भनाई छ । अहिले विद्यालयमा नर्सरी र केजीमा गरेर ४५ बालबालिका रहेको बताइन ।
हेर्नुहोस भिडियो :



