१२ को परीक्षामा कोभिड संक्रमणका कारण छुटेका परीक्षार्थीको नतिजा प्रकाशित

काठमाडौं /२८ मंसिर-राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले मंसिर १६ गतेदेखि २० गतेसम्म सञ्चालन गरेको कक्षा १२ को परीक्षाको नतिजा प्रकाशित गरेको छ । कोभिड १९ संक्रमणका कारण भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन गरीएको परीक्षामा सहभागि हुन नसकेका परीक्षार्थीको मंसिर १६ गतेदेखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो ।


बोर्डको मंसिर २६ गतेबसेको बैठकको निर्णय अनुसार नतिजा प्रकाशित गरिएको जनाएको छ ।